सिरोहियामाथि प्रतिशोध, नेपालमा प्रेसमाथि नियन्त्रण गरिदैछ : अध्यक्ष लम्साल

लण्डन । अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को लण्डनमा जारी वार्षिक बैठकमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रतामाथि आक्रमण प्रयास भइरहेको बताएका छन् ।
आइएफजे बैठकमा बोल्दै युनियनका अध्यक्ष लम्सालले संघ, प्रदेश र स्थानीय सरकारहरुले कानून निर्माण गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मलाई वेवास्ता गर्ने क्रम बढेको बताएका छन् ।
लम्सालले युनियनको अगुवाईमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र प्रेसमैत्री कानून कार्यान्वयनका लागि अग्रसरता र पहल जारी राखिएको बताएका छन् ।
हालै नेपालमा समाचार लेखिएकै पृष्ठभूमिलाई आधार बनाएर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सञ्चारगृहबाट हतियारधारी प्रहरीले गिरफ्तार गरेको सन्दर्भ उल्लेख गर्दै लम्सालले नेपालमा धेरै सञ्चारकर्मीले सरकारी र गैरसरकारी पक्षबाट चुनौती सामना गर्नुपरेको बताएका छन् ।
एकातिर श्रमजीवी पत्रकारको पेशागत सुरक्षाको सवाल र अर्कोतर्फ समग्र प्रेस स्वतन्त्रताको सवाल रहेको भन्दै लम्सालले दुवै विषयलाई प्राथमिकता दिनुपर्ने बताए ।
नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्थाबारे अनुगमन गर्न आइएफजेको प्रतिनिधिमण्डललाई निम्तो समेत दिदैं युनियन अध्यक्ष लम्सालले नेपाली पत्रकारिताको व्यवसायिकता र निष्पक्ष विश्वका अन्य धेरै देशभन्दा उत्कृष्ट रहेको बताए ।
आइएफजेको वार्षिक सभामा नेपालको प्रतिनिधित्व नेपाल प्रेस युनियनले गर्दै आएको छ । युनियन आइएफजेको आवद्धता हासिल गर्ने पहिलो नेपाली संस्था हो ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया