एमाले-माओवादीद्वारा भागबण्डामा राजदूतहरू सिफारिस, रास्वपाले मान्छेहरू खोज्दै

काठमाडौं । एमाले–माओवादी केन्द्र गठबन्धन सरकारले विभिन्न ८ देशका लागि राजदूतहरू सिफारिस गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले रिक्त रहेका ८ राजदूत पदमा विभिन्न व्यक्तिलाई भागबण्डाको आधारमा नियुक्ति गरिएको हो । केही दिन अगाडि एमाले–माओवादी गठबन्धन सरकारले राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
सरकारले भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी सिफारिस गरेको छ । एमाले, माओवादी र जसपाको बन्नेहरूको नाम सिफारिस भएको छ ।
अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे सिफारिस भएका छन् । दक्षिण कोरियाका लागि सुशील प्याकुरेल सिफारिस भएका छन् । प्याकुरेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको तत्कालीन समयमा सल्लाहकार थिए ।
डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, बेलायतका लागि बिजन पन्त, साउदी अरेबियाका लागि अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि पुष्पराज राजकर्णिकार सिफारिस भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को कोटामा परेका राजदूतहरूको नाम पछि सिफारिस हुनेछन् । रास्वपा राजदूत बनाउने मानिसहरूको खोजतलास गरिरहेको छ । रास्वपाले राजदूतको भागबण्डामा २ जना राजदूत पाएको छ ।
मन्त्रिपरिषदबाट सिफारिस भएकाहरूको संसदीय सुनुवाई पूरा भई एग्रिमो आएपछि नियुक्ति हुनेछन् ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया