सङ्घीय मन्त्रालयले आन्दोलनरत क्रसर व्यवसायी महासंघलाई वार्तामा बेलायो

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आन्दोलनरत नपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघलाई वार्तामा बोलाएको छ ।

शुक्रबार मन्त्रालयले पत्र लेखेर महासंघलाई वार्तामा बोलाएको सहसचिव मीनबहादुर शाहीले बताएका छन् । उनले भने, ‘अध्यक्ष सीताराम न्यौपानेको नेतृत्वमा वार्तामा जान्छौँ । हाम्रा मागका बारेमा जानकारी गराउँछौँ । सरकारले हाम्रा मागलाई सकारात्मक रुपमा लिएको ठानेका छौँ ।’

सङ्घीय मामिला मन्त्रालका सचिव मुकुन्दप्रसाद निरौलाको अध्यक्षतामा महासंघसँग शुक्रबार ३ बजे सिंहदरबारस्थित मन्त्रालयकै सभाहलमा वार्ता हुनेछ ।

महासंघले क्रसरहरू नवीकरण लगायतका माग राखेर काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । अर्बौं लगानी रहेको क्रसर उद्योगका विषयमा सरकारले समयमा उचित नियम कानून बनाउन नसक्दा लगानी डुब्ने अवस्थामा छ ।

Published : Friday, 2024 June 21, 2:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया