कांग्रेसका खतिवडाले सुनाए सय दिनमा प्रहरीभित्र गृहमन्त्री लामिछानेले गरेका बदमासीहरूको सूची

काठमाडौं । नेपाली कांग्रेसका सांसदका रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेलाई बोल्नेभन्दा पनि काम गरेर देखाउन सुझाव दिएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै खतिवडाले गृहमन्त्री लामिछानेलाई धम्कीको भाषा नबोल्न सचेत गराएका छन् ।

उनले भने, ‘गृह मन्त्रालयको बारेमा धेरै कुरा गर्न चाहन्न, मन्त्रीजी असाध्यै फर्तिलो हुनुहुन्छ । उपप्रधानमन्त्रीज्यू काम गर्ने इच्छाशक्ति जाहेर पनि गर्नु हुन्छ । उहाँले मलाई लगाएको संसदमा प्रतिपक्षमा हुँदा बोलेका कुरा स्मरण गर्छु । सय दिन मलाई हेर्नुहोस्, छाती हेर्नुहोस् सय दिनमा म के गर्दो रहेछ भनेर बोल्नुभयो ।’

‘सय दिन पार गरियो । मैले हेरेँ उहाँको मन्त्रालय अन्तर्गत नेपाल प्रहरीमा सय दिनको अबधिमा १७ पटक विभिन्न पदमा गरेर ३ हजार ४ सय ४५ जना प्रहरीको सरुवा बढुवा गर्नुभए छ’, उनले भने, ‘जम्मा सय दिनमा । त्यति मात्रै होइन सीडीओ र सहायक सीडीओ गरेर ६६ जनाको सरुवा गर्नुभए छ ।’

सांसद खतिवडाले भने, ‘त्यो डाटा हेदा फागुन पछाडि चैत ७ गते, चैत २३ गते, चैत १६ गते जम्मा ८ पटक सरुवा गर्नुभए छ चैतमा । वैशाखमा हेर्दा २६, २८, ३१, जेठमा ११ गते, १४ गते, १६ गते रेगुलर सरुवा बढुवाको भएको छ । त्यो चल्ने पनि होला गर्नु पनि भएको छ ।’

उनले भने, ‘हामी देख्यौँ नेपाल प्रहरी र त्यहाँ हाइजम र लमजङ भएको छ । मन्त्रीको निर्देशन लागू भएन । मन्त्रीजी अलिक हल्काफुल्क प्रस्तुत हुनुभयो कि ? कहिँ सर्वोच्चले झ्याप्प उहाँले गरेको निर्णयमा झापु हान्छ । कहिँ अर्को अदालतले झापु हान्छ । गृह मन्त्रालय त्यसरी प्रस्तुत नभइदिओस् भन्ने हाम्रो अनुरोध छ ।’

‘यो गृह मन्त्रालयलाई वीपी कोइराला गृहमन्त्री भएको मन्त्रीको पद प्राप्त गरेको ठाउँ हो । केपी ओली गृहमन्त्री भएको ठाउँ हो । शेरबहादुर देउवा गृहमन्त्री भएको मन्त्रालय हो । यहि धाराको विकास गृहमन्त्रीलाई होस् । बोल्ने मात्र काम नगर्ने, अनि त्यहाँ बसेर म फाइल खोल्छु । फाइल होइन फायर जे खोल्नु पर्छ खोल्नुस्, बोलेर होइन गरेर देखाउनुस् । गर्ने ठाउँमा हुनुहुन्छ । बोल्ने नगर्नुस् भनेर अनुरोध गर्न चाहन्छु’, खतिवडाले भने ।

‘हामीले सुनेका थियौँ । ठूला कामहरू प्रहरीले गर्छ । मैले देखेको छु । सबैभन्दा पहिला तास खेलेको जहाँजहाँ छ पुलिसले पक्राउ गर्ने सबैभन्दा ठूलो काम अहिले त्यहि हो । पुलिसले गर्ने । अरु ठूला काम ग¥यो की गरेन ? पुलिसमा दुइटा शासन लागू भएको छ । मैले भने हाइजम र लमजङ जस्तो भएको छ । सरुवा बढुवामा त्यहाँ योग्यता र क्षमताको कुरा हुँदैन’, उनले भने ।

‘माननीय गृहमन्त्रीज्यू गृहमन्त्री भइसकेपछि उहाँले चैत १ गते ३ महिनासम्म मैले केही गर्दैन राम्रो काम गर्नुस् भनेर निर्देशन दिनुभयो । प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयमा बसेर त्यसको ५ दिनपछि प्रदेश २ का सबै एसपीहरू ८ जना एसपीहरूलाई एकैदिन सरुवा गर्नुभयो । जसको ५२ दिन समयावधि पुगेको थिएन’, सांसद खतिवडाले भने ।

उनले भने, ‘काठमाडौंमा ६÷७ महिना नपुगेका एसएसपी सरुवा गर्नेतिर लाग्नुभयो । अरु बेला सुशासनको कुरा गर्ने आफूले कुन बाटोमा जान्छु भनेर गृहमन्त्रीलाई कुन बाटोमा गएको छभनेर अनुरोध गर्न चाहन्छु ।’

‘परराष्ट्रमन्त्रीज्यूको असहमति हुँदाहुँदै केही राजदूतहरू परिवर्तन गरियो । त्यो आलोकाँचो काम भयो । राजदूतहरू पनि परिवर्तन गरेर अब आफ्ना मान्छे पनि पठाउन होला । हिँजो पनि पठाएकै छ । प्लस टू गरेका केही मान्छे खोज्नुस् । अनुभवीले भएन । राजदूत बनाएर पठाइदिनुस् ।’

‘प्रधानमन्त्री भ्रमणमा जाँदै हुनुहुन्छ त्यहि राजदूत फर्किएको समाचार आउँछ । अनि तपाईको कुटनैतिक योग्यता र क्षमता बाहिरी देशले कसरी विश्वास गर्छन् ?’, उनले भने ।

‘विपिन जोशी कहाँ छन् अहिलेसम्म थाहा छैन । रसियामा कति नेपाली छन् सरकारलाई थाहा छैन । साउदी अरबको हेम्जा जेलमा दुई वर्षदेखि ओखलढुङ्गा, सुनकोशीका सुनिल तामाङ र रामबहादुर तामाङ जेलमा छन् । ती मान्छेलाई स्वदेशमा ल्याउन पहल गरियोस्’, खतिवडाले भने ।

खतिवडाले भने, ‘भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले यो किताब ल्याउन १५ दिन ढिला गर्नुभए छ । यो किताब ल्याउन किन ढिला गर्नुभयो भनेको त जनकपुरतिर ध्यान दिनुभए छ । मलाई थाहा छैन । जनकपुरमा एउटा उहाँले जित्नुभएको छ, ४ बाट । ३ बाट उहाँकै नाता कसैले जित्नुभएको छ भन्ने सुन्नमा आएको छ । म चिन्दैन । अरु १६५ मध्य दुइटा निर्वाचन क्षेत्र तपाईको परिवारका सदस्य पाउनुभएको छ । बाँकी क्षेत्रमा कति पैसा छुट्टाइएको छ त्यो पैसा पनि तपाईले लैजानुस् ।’

‘आफ्नो क्षतिमा ८ अर्ब लैजानु भएको रहेछ । पुग्दैन भने हाम्रो जिल्लाको पनि त्यतितिर लैजानुस्’, उनले भने । खतिवडाले बजेट नपुगेको भन्दै भौतिक पूवाधार तथा यातायातमन्त्री महासेठलाई व्यक्तिगत रुपमा पाँच रुपियाँ पनि दिएका छन् ।

सांसद खतिवडाले भने, ‘ओखलढुङ्गाको साँघुटार–घोराखोरी–ओखलढुङ्गा–कुइभिर बाटोलाई सबैभन्दा महत्वपूर्ण थियो । १ अर्ब रुपियाँ छुट्टाइदिनुस् भनेर हामीले आग्रह गर्‍यौँ । भेट्न जाँदा भगवान बोल्न् उहाँको त्यो बोली फुट्दैन । दर्शन गर्न पाइँदैन । कत्रो अहँता हो । नेताको चाकडी गरेपछि मन्त्री पाइहाल्ने, जनता र सांसद किन चाहिने ? चुनाव पैसा हालेको छ निर्वाचन क्षेत्रमा पुगिहाल्छ । यो धारणाले मुलुक बन्दैन ।’

उनले भने, ‘प्रधानमन्त्री कार्यालयमा काम नलाग्ने सचिवहरू डम्पिङमा राखे जस्तो थुर्पाने पद्धतिको विकास भएको छ । त्यसले मुलुकलाई कता लैजान्छ ?’

‘सत्तामा नहुँदा सम्पत्ति शुद्धीकरण, राजस्व अनुसन्धान जस्ता विभागहरू ज–जसको अन्तर्गत थिए, अर्थको अन्तर्गत थिए भने त्यहिँ पठाउने निर्णय गर्ने, सत्तामा भएपछि यसैबाट विपक्ष र अरुलाई तह लगाउन सकिन्छ कि भनेर आफै कब्जा गर्ने पद्धति अन्त्य होस् भनेर अन्त्य होस् भन्न चाहन्छु’, उनले भने ।

‘राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयअन्तर्गत पठाउने पद्धतिको विकास भइदियो भने राम्रो हुन्छ’, कांग्रेसका सांसद खतिवडाले भने ।

Published : Tuesday, 2024 June 18, 11:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया