सभापति देउवाद्वारा गच्छदारको निधनप्रति गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ५६ वर्षीय जयप्रकाश गच्छदारको निधन भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् ।
मंगलबार शोक वक्तव्य जारी गरेर पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले गच्छदारको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । गच्छदारप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेको शोक वक्तव्यमा उल्लेख छ ।
मोरङ जिल्ला ग्रामथान गाउँपालिकाका अध्यक्ष गच्छदारको असार ३ गते सोमबारका दिन निधन भएको थियो । गच्छदार मस्तिष्कघातबाट पीडित रहेका थिए ।
स्वर्गीय गच्छदारले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।
गच्छदारको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी नेतृत्वलाई गुमाएको शोक वक्तव्यमा उल्लेख छ ।
बिचार/ब्लग

केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया