कृत्रिम अभाव, कालोबजारी भएको भन्दै कांग्रेसद्वारा कारबाही गर्न माग

काठमाडौं । नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले विधिको शासन र कानूनी राज्यको अनुभूतिका लागि आवश्यक व्यवस्था मिलाइ संविधान प्रद्दत उपभोक्ताको मौलिक अधिकार संरक्षण र सम्बर्द्धनको लागि आग्रह गरेको छ ।
विभागका प्रमुख गुरु बरालले सोमबार विज्ञप्ति जारी गरेर भने, ‘बजारमा पेट्रोलियम पदार्थबाट कृत्रिम अभाव, कालोबजारी हुँदै आपूर्ति श्रृङ्खला समेत विग्रने हुँदा अत्यावश्यक वस्तुहरूमा बन्द हड्ताल र अवरोध गर्न नपाइने व्यवस्थाविरुद्ध जो कोहीलाई कानून बमोजिम कारबाही गर्न समेत जोडदार माग गर्दछौं ।’
‘अत्यावश्यक पेट्रालियम पदार्थ ढुवानी तथा विक्री वितरणमा अवरोध हुँदा आम सर्वसाधारण उपभोक्ताले निर्वाध रुपमा प्रयोग गर्न पाउने हकबाट वञ्चित भइ बजारमा नागरिकहरू आतंकित बनेको हुँदा तत्काल आपूर्ति व्यवस्था सहज गराइ वार्ता र संवादमार्फत समस्या समाधान गर्न नेपाल सरकार निगम सञ्चालक समिति, निगम व्यवस्थापन र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघसँग जोडदार माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया