पाल्पाको निस्दीमा स्कर्पियो जीप दुर्घटना हुँदा ९ जना घाइते

रामपुर । पल्पा जिल्लामा जीप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन् ।

आइतबार पाल्पाको निस्दी गाउँपालिका वडा नं. ४ झ्यांलिङको कच्ची सडकखण्डमा बा १५ च ५९४ नम्बरको स्कर्पियो जीप आफै अनियन्त्रित भइ सडकबो बाँया साइडको भित्तामा ठक्कर खान जाँदा चालकसहित ९ जना घाइते भएको विज्ञप्तिमा उल्लेख छ ।

घाइतेहरूको रामपुरस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भएको छ ।

घाइते हुनेहरूमा रामपुर नगरपालिका ५ बस्ने २१ वर्षीया डोल्मा खण्डाल, २८ वर्षीया रचना राना, २० वर्षीया अनिषासिंह ठकुरी, २३ वर्षीया ममता श्रेष्ठ रहेका छन् ।

२० वर्षीया सविना राना, १९ वर्षीया श्रृया रुचाल, १९ वर्षीया दीपा हिस्की मगर, चालक ३० वर्षीय मोहन अर्याल र ३४ वर्षीय शंकर श्रेष्ठ पनि घाइते भएको पाल्पा प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2024 June 16, 12:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया