प्रथम थाइ सगरमाथा आरोहीको अध्यक्षतामा टीएनएफए गठन

काठमाडौं । प्रथम थाइ सगरमाथा आरोही तथा व्यवसायी वितिदान रोजानापनितको अध्यक्षतामा थाइ–नेपाल मैत्री संघ (टीएनएफए) गठन भएको छ ।
शनिबार थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीको निवास बैंककमा भएको कार्यक्रममा टीएनएफए घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ ।
टीएनएफएको उदेश्य थाइ तथा नेपाली नागरिकबीच आपसी सम्बन्ध, सदभाव एवं सहयोग अभिवृद्धि गर्ने र सामाजिक, आर्थिक, सांस्कृतिक, प्राज्ञिक लगायतका क्षेत्रहरूमा सहकार्य गर्ने रहेको छ ।
नेपाली राजदूत वलीले टीएनएफएले आफ्नो उदेश्य हासिल गर्न आगामी दिनहरूमा आयोजना तथा सञ्चालन गर्ने हरेक कार्यहरूमा राजदूतावासको सहयोग तथा सहकार्य रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले नव गठित कार्यसमितिको सफल कार्यकालको शुभेच्छा प्रकट गरेका छन् । थाइ–नेपाल मैत्री संघ विधिवत रुपमा थाइल्याण्डमा दर्ता भइ स्थापना भएको संस्था हो ।

बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया