बजेट आएको १७ दिन हुँदा पनि रघुवीर महासेठको मन्त्रालयको किताब आएन

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले बजेट आएको १७ दिन हुँदा समेत भौतिक पूर्वाधार मन्त्रालयको किताब आउन नसकेको भन्दै सरकारमाथि व्याङ्ग्य गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि छलफलमा सहभागी हुँदै बस्नेतले भने, ‘बजेटले यो पटक एउटा रेकर्ड राखेको छ । १७ दिन भइसक्यो बजेट भाषण भएको भौतिक पूर्वाधार मन्त्रालयको किताब आजसम्म प्राप्त भएको छैन ।’
‘सरकारलाई बधाइ दिन चाहन्छु’, उनले भने, ‘भौतिक पूर्वाधार मन्त्रीले केही बजेट लिने क्रममा रस्साकस्सी गर्नुभएको हो । त्यो मिलाउने क्रममा होला सायद ।’
उनले भने, ‘त्यस कारण यो प्राप्त नहुने कुरालाई पनि हामी अनौठो मान्दैनौँ ।’
उनले भने, ‘बजेट माग्न म कहिँ गएको पनि छैन । यो पारिदिनु भएन भन्ने मेरो गुनासो पनि छैन । कुनै माननीय मन्त्रीज्यूहरूमा ।’
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया