चार एसएसपीसहित ७ जना एसपीहरूको पदस्थापना, काज तथा सरुवा, अपराधमा काजीकुमार

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ४ जना एसएसपीहरूको पदस्थापना तथा एकजनाको काज गरेको छ ।

प्रहरी हेडक्वाटरको बिहीबारको सूचनाअनुसार एसएसपी श्यामकृष्ण अधिकारीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा धनगढी, रविन्द्र रेग्मीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा पोखरा, भीमबहादुर दाहाललाई कोशी प्रदेश प्रहरी कार्यालय अपराधनियन्त्रण तथा अनुसन्धान महाशाखा विराटनगर र नान्तीराज गुरुङलाई कर्णाली प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा (काज– राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज)मा भएको सूचनामा उल्लेख छ ।

यी चार जना एसएसपीहरूलाई आइजीपी बसन्तबहादुर कुँवरले बिहीबार नक्सालमा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

त्यसैगरी ४ जना एसएसपीहरूको पनि पदस्थापना र काज भएको छ । एसपी प्रदीपबहादुर क्षेत्रीलाई कोशी प्रदेश प्रहरी गण विराटनगर, नारायण रंजितकारलाई मधेश प्रदेश प्रहरी गण जनकपुर, अनन्तराम शर्मालाई गण्डकी प्रदेश प्रहरी गण पोखरा र एकनारायण कोइरालालाई मावन बेचबिखन अनुसनधान व्यूरो मावन बेचबिखन अनुसन्धान शाखा (काज– नेपाल प्रहरी अस्पताल महाराजगञ्ज)मा पदस्थापना भएको छ ।

प्रहरी हेडक्वाटर नक्सालले बिहीबार नै तीन जना एसपीहरूको सरुवा तथा काज निकालेको छ । एसपी काजीकुमार आचार्यलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा सरुवा गरेको छ ।

एसपी हरिहरनाथ योगीलाई मधेश प्रदेश प्रहरी गण जनकपुरबाट काजमा नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय जनसम्पर्क शाखामा ल्याइएको छ ।

एसपी ज्ञानेन्द्रप्रसाद फुयाललाई मानव बेचबिखन अनुसन्धान व्यूरो मानव बेचबिखन अनुसनधान शाखाबाट जिल्ला प्रहरी कार्यालय नवलपरासीमा सरुवा गरिएको छ ।

Published : Thursday, 2024 June 13, 10:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया