एसएसपीहरूसहित १० प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले हालै पदोन्नति भएका १० जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

बिहीबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष समारोहबीच कुँवरले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

नेपाल सरकार उपप्रधानमन्त्री एवम् गृहमन्त्रिस्तरको २०८१ जेठ २९ गतेको निर्णयानुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा ४ जना तथा नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१जेठ २९ गतेको निर्णयले प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा ४ जना र नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१जेठ ३० गतेको निर्णयले प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा २ जना गरी जम्मा १० जना प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी अधिकृतहरूमा प्रहरी वरिष्ठ उपरीक्षकहरूश्याम कृष्ण अधिकारी, रबिन्द्र रेग्मी, भीमबहादुर दाहाल र नान्तीराज गुरूङ, प्रहरी उपरीक्षकहरूमा प्रदीपबहादुर क्षेत्री, नारायण रंजितकार, अनन्तराम शर्मा र एकनारायण कोइराला तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरूमा उमेशप्रसाद साह र ई. मुकेश तिवारी रहेका छन् ।

Published : Thursday, 2024 June 13, 10:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया