सभापति डा.राणासँग राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका आवासी प्रतिनिधि केनद्वारा भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरज राणा देउवासँग संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ)का आवासी प्रतिनिधि केन शिमिजु नेतृत्वको टोली भेटघाट गरेको छ ।
मंगलबार सिंहदरबारस्थित समितिको कार्यकक्षमा सभापति डा.राणासँग आवासी प्रतिनिधि केन नेतृत्वको टोलीले भेटवार्ता गरेको हो । भेटवार्ता निकै फलदायी भएको सभापति डा.राणाले बताएकी छिन् ।
‘हामीले दिगो कृषि उत्पादनका लागि नवप्रवर्तन, साना उत्पादकहरूको स्रोतमा समान पहुँच, सबैभन्दा कमजोर, पारदर्शी बजार र व्यापारका लागि स्वस्थ आहार र पोषण, जलवायु परिवर्तन न्यूनीकरण र कृषि खाद्य प्रणालीमा अनुकूलन, लैङ्गिक समानतालगायत धेरै महत्वपूर्ण विषयमा छलफल गरेका छौं’, सभापति डा.राणले भनेकी छिन् ।
डा.राणा र खाद्य तथा कृषि संगठनका आवासी प्रतिनिधि केनबीच ग्रामीण महिला सशक्तिकरण र समावेशी ग्रामीण रूपान्तरणका विषयमा पनि छलफल भएको छ ।
सभापति डा.राणाले खाद्य सुरक्षाका विषयमा समितिमा छलफलहरू चलाउनुका साथै सरोकारवालाहरूसँग परामर्श गरिरहेका बेला संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका आवासी प्रतिनिधि केन नेतृत्वको टोलीले भेटवार्ता गरेर सहयोगको आश्वासन दिएको छ ।


बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया