कांग्रेसबाट खतिवडाले नियमापत्ति जनाएपछि सभामुखले खासखुस गरेर रास्वपाका मन्त्रीको विधेयक सूचीबाट हटाइदिए

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ संसदमा अनुपस्थित भएको विषय गम्भीर रुपमा उठाएपछि युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको युवा तथा खेलकुद मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकहरूमाथिको छलफल कार्यसूचीबाट हटाएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा खेलकुद मन्त्रालयको विनियोजन शीर्षहरूमाथि छलफल हुने कार्यसूची रहेको थियो । मन्त्री श्रेष्ठ उपस्थित नभएपछि कांग्रेसबाट कार्यव्यवस्था परामर्श समितिमा सदस्य समेत रहेका सांसद खतिवडाले मन्त्री उपस्थित नहुँदासम्म सदन स्थगित गर्न भनेपछि सभामुख देवराज घिमिरेले खेलकुद मन्त्रालयको विनियोजन विधेयकलाई सूचीबाट हटाएका छन् । त्यसपछि बैठक शुरु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मन्त्री बनेका श्रेष्ठ आफ्नो मन्त्रालयको विनियोजन विधेयकको शीर्षकहरूमाथिको छलफल हुने कार्यसूची रहँदा पनि गैह्रजिम्मेवार बनेर संसदको बैठकमा अनुपस्थित भएका छन् ।

कांग्रेसका सांसद खतिवडाले नियमापत्ति जनाउँदै भने, ‘भरखरै सभामुख महोदयले विनियोजन विधेयकमाथि को छलफल प्रारम्भ गर्नु भएको छ । केही माननीय सदस्यले खर्च कटौतीको प्रस्ताव पनि गर्नुभयो ।’
‘आज संसदमा विनियोजित विधेयकमाथि छलफलका मन्त्रालयहरू राखिएकोमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कृषि तथा पशुपंक्षी मन्त्रालय छन्’, खतिवडाले भने ।
‘सम्बन्धित मन्त्रीको उपस्थित हुने व्यवस्था गरिएकोमा खेलकुद मन्त्रालयको मन्त्री भएको देखिन’, उनले भने, ‘त्यसैले बैठक स्थगित गरेर मन्त्री बोलाएर मात्रै बैठक सम्पन्न गरियोस् । त्यतातिर सरकारको ध्यान जाओस् ।’
सांसद खतिवडाले भने, ‘मेरो आग्रह छ । मन्त्रीविना बैठक सञ्चालन हुन सक्दैन । जुन विषयमा हामी छलफल गर्दै छौँ त्यो विषयको मन्त्री उपस्थित नभइकन जवाफ दिनुपर्ने हुन्छ, सांसदले उठाएका कोही विषयहरू जवाफ दिन मन्त्री उपस्थित हुनुहुन्न भने अरुले जवाफ दिएर हुँदैन । बैठक स्थगित गरियोस् सभामुख महोदय ।’

खतिवडाको नियमापत्तिपछि सभामुख घिमिरेले महासचिव पदमप्रसाद पाण्डे र सह–सचिव एकराम गिरीसँग परामर्श गरेर प्रमुख प्रतिपक्ष दल कांंग्रेसका सांसद खतिवडाको मागअनुसार खेलकुद मन्त्रालय अन्तर्गतको विधेयकलाई कार्यसूचीबाट हटाएका थिए ।
सभामुख घिमिरेले भने, ‘आजको कार्यसूचीमा रहेको युवा तथा खेलकुद मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकहरूमाथिको छलफलको मन्त्रीजीको उपस्थिति नभएको हुँदा सूचीबाट हटाइको व्यहोरा म जानकारी गराउँछु ।’
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया