नेपालको राजनीतिमा सबैभन्दा सफल मान्छे सुशील कोइराला हो : डा.शशांक कोइराला

नेपालगञ्ज । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले स्व.सुशील कोइरालालाई सफल नेताको रुपमा आफूले चिनेको बताएका छन् ।
शनिबार नेपाली कांग्रेस बाँकेले नेपालगञ्जमा आयोजना गरेको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधान गर्दै डा.कोइरालाले संविधान दिएर सुशील कोइरालाले निकै राम्रो काम गरेको बताए ।
‘म ५ वर्षको हुँदा सुशीला दाईसँग हुर्किएको मान्छे हुँ’, डा.कोइरालाले भने, ‘त्यसैले सुशील’लाई अत्यन्तै नजिकबाट चिनेको मान्छे हुँ ।’
उनले भने, ‘मेरो श्रद्धा सुशील दाईसँग छ । आज मलाई सोध्नुभयो भने सबैभन्दा सफल मान्छे नेपालको राजनीतिमा सबैभन्दा सफल मान्छे को हो भन्दा म सुशील कोइरालालाई भन्छु ।’
‘त्यसको कारण छ । उहाँले संविधान दिनुभयो । वीपी कोइरालाले संविधान माग्नुभयो र दिन सक्नु भएन । गिरिजाप्रसाद कोइरालाले पनि माग्नुभयो दिन सक्नु भएन । किशुनजीले केही संविधान दिनुभयो अतृप्त संविधान दिनुभयो । साँच्चिकै संविधान दिएको सुशील कोइरालाले हो’, नेता डा.कोइरालाले भने ।
कार्यक्रममा सह–महामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य गोपाल दहित, लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुन, नेताहरू गुरु घिमिरे, किरणकिशोर घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया