कमिशनमा कुरा नमिलेपछि वीर अस्पतालका निर्देशक पौडेलद्वारा अहेब मुडभरीलाई कुटपिट

काठमाडौं । वीर अस्पतालका निर्देशक सन्तोष पौडेलले अहेब दीपक मुडभरीलाई कुटपिट गरेका छन् ।
उच्च स्रोतका अनुसार २/३ दिन अगाडि वीर अस्पतालमा सामग्री खरिद लगायतका विषयमा कमिशनको कुरा गर्न अहेब मुडभरी र अस्पतालको कर्मचारी युनियनका अध्यक्ष खुबराज आचार्य लगायतको समूहले बैठक गरिरहेका बेला पुगेका निर्देशक पौडेलले अहेब मुडभरीलाई गाला सुन्निने गरेर चड्कन (कुपिट) लगाइदिएका हुन् ।
कुटाइ भेटेपछि अहेब मुडभरीले निर्देशक पौडेललाई ‘तँ पनि भ्रष्टाचारी होस्’ भनेर तथानाम रुपमा मुख छाडेर गालीगलौज गरेको प्रत्यक्षदर्शी एक कर्मचारीले बताए ।
अहेब मुडभरी निकै विवादित कर्मचारी हुन् । विगतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहेब मुडभरीलाई विभिन्न कमिशन र घोटाला काण्ड गरेपछि थुनेर कारबाही गरिसकेको छ ।
नेपाली कांग्रेसका नेताहरूको नाम भजाएर अहेब मुडभरीले वीर अपस्तालमा धन्दा चलाउँदै आएका छन् । मुडभरीले वीर अस्पतालमा कांग्रेस र कांग्रेसका नेताहरूको निकै बदनाम गरिरहेका छन् ।
विगतमा कांग्रेस नेता अर्जुन नरसिंह केसी निकट मानिने मुडभरी अनियमितता र भ्रष्टाचार काण्डमा पक्राउ परेपछि नेता केसीले मुडभरीलाई ढोकामा टेक्न पनि दिँदैनन् ।
वीर अस्पतालका निर्देशक पौडेलले अहेब मुडभरीलाई कुटपिट गरेपछि पौडेल र मुडभरीका बीच केही समय भनाभन भएको प्रत्यक्षदर्शीको भनाइ छ । पछि कर्मचारीहरूले विषयलाई गुपचुप बनाउने प्रयास गरेका थिए ।
वीर अस्पतालमा हुने भ्रष्टाचारमा अहेब मुडभरी र कर्मचारी युनियनका अध्यक्ष आचार्यले पनि कमिशन खाँदै आएको आरोप छ । वीरमा यो विषयले निकै चर्चा पाउने गरेको छ ।
कमिशनमा कुरा नमिलेमा अहेब मुडभरीले वीर अस्पतालका साथै निर्देशक, चिकित्सक, कर्मचारी लगायत विरुद्ध सञ्चारमाध्यममा समाचार लेखाउने गरेको आरोप छ । स्रोतका अनुसार निर्देशक पौडेलसँग कमिशनमा कुरा नमिलेपछि अहेब मुडभरीले केही सञ्चारमाध्यममा समाचार लेखाएपछि निर्देशक पौडेल रिसाएर आगो बनेका थिए । मुडभरीलाई अध्यक्ष आयार्यले निकै साथ दिने गर्छन् ।
एमाले निकट मानिने निर्देशक पौडेललाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र निर्वाचन आयोगले यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेर पठाएको छ । राजनीतिक संरक्षणमा रहँदै आएका निर्देशक पौडेललाई मन्त्रालयबाट कारबाही गर्ने आँट कसैले गर्न सकेको छैन ।
निर्देशक पौडेल, अहेब मुडभरी र अध्यक्ष आचार्यसँग प्रतिक्रिया लिन प्रयास गर्दा सम्पर्क हुन सकेन ।
बिचार/ब्लग

कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
फेसबुकबाट तपाईको प्रतिक्रिया