भारतीय प्रधानमन्त्री मोदीको शपथ कार्यक्रममा सहभागी हुन प्रचण्ड दिल्ली जाँदै

काठमाडौं । भारतीय नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ दिल्ली जान लागेका छन् ।

दाहाल आइतबार भारतको औपचारिक भ्रमणमा जान लागेका हुन् । मोदीले आइतबार नयाँदिल्लीमा प्रधानमन्त्री पदको शपथ लिनेछन् । मोदीले लगातार तेस्रो पटक प्रधानमन्त्री पदको शपथ लिनु लागेका हुन् ।

दाहालसँग उनकी छोरी गंगा दाहाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र उच्चपदस्थ सरकारी कर्मचारी रहनेछन् । दाहाल जेठ २८ गते स्वदेश फर्कने कार्यक्रम छ ।

यसअघि, सन् २०१४ मा प्रधानमन्त्री मोदीको सपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए । त्यस बेला पाकिस्तानबाहेक दक्षिण एसियाली मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख समारोहमा सहभागी भएका थिए ।

मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री दाहालसँगै भारत सरकारले श्रींकाका राष्ट्रपति रनिल विक्रमासिंघे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र मोरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ पनि सहभागी हुनेछन् ।

Published : Saturday, 2024 June 8, 8:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया