सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’

पोखरा । र्यान्डम रिडर्स सोसाइटीले सुमिनाको कविता सङ्ग्रह ‘बागी स्त्रीको आत्मकथा’कोे परिचर्चा गरेको छ ।
शनिबार पोखरामा आयोजित कार्यक्रममा रिना थापा ‘तानी’ले कृतिमाथि अवधारणापत्र प्रस्तुत गरेकी थिइन् । रिनाले सुमिनाको कविताले पित्तृसत्तामाथि सशक्त प्रहार गर्दै आममहिलाको भावना समेटेको धारणा राखिन् ।
‘पुँजीवादी समाजमा महिलाले भोगेका पीडा र मनोभाव कवितामा उतारिएको छ’, रिनाले भनिन्, ‘सदियौँदेखि पितृसत्ताले थिँचिदै आएका आम महिलामाथिको दमनलाई विद्रोही चेतयुक्त ‘बागी स्त्रीको आत्मकथा’ले ‘म’ लेखेको छ । ‘हामी’ लेखेको छ ।’
सुमिनाले उठाएको आवाज समकालीन साहित्य जगतमा नयाँ पुस्ताको बलियो हस्तक्षेप भएको रिनाको भनाइ छ ।
‘एकमहिला कवि जसले आफ्नो स्वतन्त्रताको फिराद मात्र गरेकी छैनन्, समाजका हरेक उत्पीडित वर्गका विषयमा खरो उत्रिएकी छन्’, रिनाले भनिन् ।
सुमिनाले एउटै सङ्ग्रहमा जीवन र जगतका सबै पक्षलाई अटाउन नसकिने भएकाले आफूले केही वैचारिक कविता मात्र लेख्न सकेको बताइन् ।
कृति बजारमा आएपछि विभिन्न प्रश्नहरूको जवाफ कवितले नै दिने सुमिनाले बताएकी छिन् । वैचारिक धरातल र बुझाइको तहअनुसार कवितालाई बुझ्ने भएकाले पाठकको विचारलाई सम्मान गर्नुपर्ने सुमिनाले बताएकी छिन् ।
सुमिनाले प्रगतिशील कविता लेख्ने भन्दैमा प्रेमलाई अस्वीकार गर्न नहुने बताएकी छिन् । कृतिभित्रका प्रेमकविताका सन्दर्भमा पाठकले उठाएका प्रश्नको जवाफ दिँदै सुमिनाले प्रेमको होइन, प्रेमका नाममा हुने दासत्वको विरोध गर्नुपर्ने बताएकी छिन् ।
कार्यक्रममा सरिता तिवारी, नेपालप्रकाश अधिकारी, विष्णु बाँस्तोला, त्रिवेणी, विमल दाहाल, हसिना बस्नेतलगायतले टिप्पणी गरेका थिए ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया