फेवातालमा डुङ्गा दौड प्रतियोगिता, पैसा पनि पाइने

पोखरा । फेवा डुङ्गा व्यवसायी संगठनको आयोजनामा फेवातालमा डुंगा दौड प्रतियोगिता हुने भएको छ ।
पोखरामा शुक्रबार पत्रकार सम्मेलन गरी संस्थाको ३० औं स्थापना दिवसका अवसरमा प्रतियोगिता एवं एकदिने मेला उत्सव आयोजना गर्ने जानकारी दिइएको छ ।
पोखराको पर्यटन प्रवर्द्धन गर्नका लागि जेठ ३१ गने मेला र प्रतियोगिता गर्न लागिएको संगठनका अध्यक्ष बलराम गिरीले जानकारी दिए ।
आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा ४० टीमले सहभागिता जनाउने संस्थाका सचिव सचिव शिव जिसीले बताए ।
महिला र पुरुषको छुट्टाछुट्टै टिम रहनेछ । प्रतियोगितामा सहभागी हुने टिममा ३ जना हुनु पर्नेछ । सहभागी हुने टिमले काठबाट बनेको डुङ्गाको प्रयोग गर्नु पर्नेछ ।
सहभागी हुने एउटा टिमलाई ३ सय रुपियाँ दर्ता शुल्क तोकिएको छ । प्रतियोगितामा स्वदेशी तथा विदेशी सबै खेलाडीले सहभागिता जनाउन पाउनेछन् ।
सहभागीको आफ्नो डुङ्गा नभए आयोजकले व्यवस्था गर्नेछ । प्रतियोगितामा पुरुष टीमले २१ सय मिटर र महिला टीमले १५ सय मिटरमा प्रतिस्पर्धा गर्नुपर्नेछ ।
प्रतियोगितामा प्रथम हुनेले ३० हजार हजार र द्वितीय हुनेले २ तथा तृतीय हुनेले १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्नका लागि करीव २ लाख ४० हजार रुपियाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।
प्रतियोगिताबाट बचत भएको रकम फेवातालको सरसफाईमा खर्च गरिनेछ ।
बिचार/ब्लग

कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
फेसबुकबाट तपाईको प्रतिक्रिया