सभापतिडा.राणाले गृह र अर्थमन्त्री बोलाएर गरिन् रचनात्मक सहयोग, लामिछाने र पुनले दिए धन्यावाद

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनलाई समितिमा बोलाएर गाँजा खेतीलाई व्यवस्थित बनाउने नियमावलीका विषयमा छलफल गराएकी छिन् ।
शुक्रबार सिंहदरबारमा समितिको बैठकमा सभापति डा.राणाले लामिछाने र पुनलाई बोलाएकी हुन् । समितिले पनि गृहमन्त्री लामिछाने र अर्थमन्त्री पुनलाई निकै रचनात्मक सुझावहरू दिएको छ । समितिले व्यवहारिक परामर्शका साथै सहयोग गर्ने आश्वासन दिएको सभापति डा.राणाले बैठकमा बताइन् ।
गृहमन्त्री लामिछानेले औषधिका लागि गाँजा खेती व्यवस्थित गर्न र अनुसन्धान गर्नका लागि आवश्यक पर्ने नियमावली १ महिनाभित्र बनाउने प्रतिवद्धता जनाएका थिए ।
सभापति डा.राणाले गृहमन्त्री लामिछानेको प्रतिवद्धताको स्वागत गर्दै काम गर्दा विदा लगायतका विभिन्न प्राविधिक समय आउन सक्नेभन्दै ३ महिनाको समय दिइन् । तीन महिना अर्थात् भर्दा महिनाभित्र लामिछानेले नियमावली बनाइसक्नुपर्नेछ ।
औषधिका लागि गाँजा खेती गर्नेसम्बन्धी विषयमा गृह मन्त्रालय र गृहमन्त्री लामिछानेको कार्यसम्पादनमा छलफल गर्न भदौमा बैठक बस्नेछ । त्यसपछि उपसमिति बनाउने वा सरकारलाई निर्देशन दिने निर्णय हुनेछ ।
गृहमन्त्री लामिछाने र अर्थमन्त्री पुनले समितिबाट निकै रचनात्मक सुझाव र सहयोग पाएको भन्दै समिति र सभापति डा.राणालाई धन्यावाद समेत दिएका छन् ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया