व्यवहारिक पक्ष हेर्दै डा.राणाले काम गर्न १ महिनाले पुग्दैन भनेर लामिछानेलाई दिइन् ३ महिना

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले गृहमन्त्री रवि लामिछानेलाई गाँजा खेतीका विषयमा नियमावली बनाउन ३ महिनाको समय दिएकी छिन् ।
सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकपछि सभापति डा.राणाले गृहमन्त्री लामिछानेलाई गृहकार्य गरेर गाँजा खेती गर्ने विषयमा नियमावली बनाउन ३ महिनाको समय दिने निर्णय भएको जनाएकी हुन् । गृहमन्त्री लामिछानेले १ महिनाभित्र गाँजा खेतीबारेमा नियमावली बनाउने प्रतिवद्धता जनाएपछि सभापति डा.राणाले १ महिनामा नियमावली बनाउन सम्भावन नहुनेभन्दै ३ महिना अर्थात् भदौसम्मको समय दिएकी हुन् ।
गृहमन्त्री लामिछानेले ३ महिना अर्थात् भदौसम्म नियमावली बनाउन नसकेमा सभापति डा.राणाले भदौमा समितिको तर्फबाट उपसमिति बनाएर काम अगाडि बढाउने बताएकी छिन् ।
सभापति डा.राणाले भनिन्, ‘यो विषय (गाँजा खेती) गत दुई वर्षदेखि सुनिरहेका छौँ । यसमा सबै जना, मलाई लाग्छ आज सबैभन्दा धेरै ईन्ट्रेस्ट गाउँघरमा बस्ने सबै नेपालीलाई छ । यसलाई कहाँ लग्दै छौँ भनेर ।’
‘प्रथम पाइला गृह मन्त्रालयबाट शुरु हुनुपर्ने पाइला गृहमन्त्रीजीले आफ्नो बचनबद्ध गर्नुभएको छ’, डा.राणाले भनिन्, ‘म एक महिनाभित्र यसलाई चाहिँ हेरेर म काम शुरु गर्न सक्ने अवस्थामा पुर्याउँछु भनेर । उहाँलाई बेस्ट अफ लक पनि भन्छु र हामी माननीयज्यूहरू छौँ, हामीले पनि यसलाई नजिकबाट हेर्ने हाम्रो ईन्ट्रेस्ट पनि भएको भएर, तपाईहरूको प्रोग्रेसमा साथ दिनलाई हामी एकदम इच्छुक छौँ ।’
सभापति डा.राणाले भनिन्, ‘एक महिनाभन्दा पनि नेपालमा बीचमा छुट्टी आउँछ । विभिन्न समस्या हुन सक्छ । ३ महिनाभित्र भदौसम्म यहाँले बनाउनु हुने नियम बन्यो भने हामी सबैभन्दा धेरै खुसी हुन्छौँ ।’
‘यसको लागि हामीले उपसमिति बनाइहाल्नुभन्दा पनि भदौसम्म हेरेर तपाईहरूको कस्तो हुन्छ फ्लोअप त्यो हामी गर्छौं’, उनले भनिन् ।
‘अर्थ र गृह मन्त्रालयलाई हामी समितिको तर्फबाट एउटा निर्देशन दिन्छौँ’, डा.राणाले भनिन्, ‘जुनजुन कुराको आज यहाँ छलफल भयो त्यसलाई अगाडि फुकाएर जाऔँ भनेर । तर, यसको दुइटा पक्ष यहाँ भन्यौँ कनि त्यो साइकोट्रपिक ड्रग हुन्छ भनेर डाक्टर’सबले भन्नुभयो ।’
‘कुनै मान्छे जेनेटिक यस्तो मेकअप हुन्छ कि एकपप खाँदा पनि त्यो मान्छे साइकोटिक हुन सक्छ’, उनले भनिन्, ‘यो डरलाग्दो पक्षलाई पनि हामीले जनचेतनाको कुराहरू पनि आएको छ ।’
उनले भनिन्, ‘यो पनि गरेर लग्ने र हाम्रो गभर्नेन्सको पाटो, हामीले सबै खोल्दाखेरी धेरै जसो महिला माननीयहरूले यो कुरा उठाउनु भयो, हामी महिलाहरू नेस्ट जेनरेशनको बच्चालाई के हुन्छ भन्ने त्यो जेनेटिक इन्क्लुड भएर आउँछ क्यार ।’
‘यो कुरालाई पनि ध्यान दिएर अगाडिका दिनहरूमा हामी जान्छौँ होला र रिसर्चको पाट छ । यो सकेसम्म चाँडै खोजी दिन हुनलाई अनुरोध गर्दछु’, सभापति डा.राणाले भनिन् ।
‘हाम्रो देशले अपेक्षा गरेको यसबाट आउने रिजल्ट हामीले यो लाइफ टाइममै देख्न पाऔँ । मलाई धेरै लामो अनुभव भयो, नट आइज अ पोलिटिसन सिनियर पोलिटिसन राइट’, उनले भनिन् ।
‘कति कुरा चाहिँ मलाई के लाग्छ भने मेरो लाइफ टाइममा त हेर्न पाउँदिन जस्तो लाग्छ । हामीले धेरै कुराहरू गर्थ्यौँ । अहिलेसम्म भएन’, डा.राणाले भनिन्, ‘म उहाँ (नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा)लाई विवाह गर्दा ३६ मा थिएँ । ६० मा भइसके । कति कुरा त मैतिर लागू हुन सक्दैन ।’
उनले भनिन्, ‘यो कुरा चाहिँ आफ्नै लाइफ टाइममा लागू भएको देख्न पाउँ भन्दै धन्यावाद । भदौमा यो विषयमा अर्को बैठक बसौं । भएन भने हामी उपसमिति बनाएर काम गरौँला ।’
समितिको बैठकमा गृहमन्त्री लामिछानेले समितिले गाँजा खेतीका विषयमा गरेको रचनात्मक सुझाव र सहयोगप्रति सभापति डा.राणालाई धन्यावाद दिएका छन् । उनले गाँजालाई ओषधिजन्य प्रयोजनका लागि १ महिना दिनभित्र नियमावली बनाउने जनाए ।
लागुओषध नियन्त्रण ऐन २०३३ दफा ४ ले नियम बनाइ व्यवस्थित गर्न सक्ने व्यवस्था गरेको लामिछानेले बताए ।
गाँजाको व्यवसायिक खेती र ओषधिजन्य उत्पादनमा नीतिगत रूपमा सरकारले बोेकेको गृहमन्त्री लामिछानेले बताएका छन् ।
आर्थिक वर्ष ०८१/८२ को बजेटमा समावेश गरिएको गाँजा खेतीबारे छलफल गर्न प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गृहमन्त्री लामिछाने र अर्थमन्त्री वर्षमान पुनलाई बोलाएको थियो ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया