कांग्रेस सांसद गिरीको प्रश्न- ‘कृषि मलको फ्याक्ट्री खोल्ने कुरा कहाँ गयो ? कपडा र रबर उद्योग खाेइ ?’

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले सरकारले ल्याएको बजेटको निकै आलोचना गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभामा बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै गिरीले भने, ‘गणतन्त्र आइसकेपछि धेरै बजेट आए । अर्थमन्त्रीले बजेट पेश गर्ने, सत्ता पक्षले ताली बजाउने । वर्षमान पुनजीले बजेट पेश गर्नुभयो ।’
‘पूर्वअर्थमन्त्रीजीले ३० मिनट भाषण गर्नुभयो । मेरो भनाइको अर्थ के हो भने बजेटहरू प्रस्तुत हुन्छन्’, उनले भने, ‘बजेटहरू आउँछन् । जान्छन् । मुलुकमा केही हुँदैन ।’
उनले भने, ‘चाहे त्यो विष्णु पौडेलजीले गरेको बजेटको कुरा गरौँ, चाहे जनार्दन शर्माले गरेको कुरा गरौँ, चाहे त्यो प्रकाशशरण महतले गरेको कुरा गरौँ, चाहे यो भरखरै आएको बजेटको कुरा गरौँ । यो मैले किन औल्याएको छु ? किन भनिरहेको छु ? म सांसद महोदयहरूलाई भन्न चाहन्छु । हरेक वर्ष बजेटमा एउटा ठूलो कुरो लेखिन्थ्यो । कृषि मलको फ्याक्ट्री निर्माणका लागि यो सरकार दृढ छ । धेरै पटक आयो । कृषि मलका फ्याक्ट्रीहरू बने ? बनेनन् । कहाँ गयो त्यो सरकारको बचन ?’
उनले भने, ‘मैले अहिले १८ खर्ब ६० अर्बको बारेमा पनि ब्याख्या गर्थे होला । ६ प्रतिशतले वृद्धि भएको आर्थिक बारेमा पनि कुरा गर्थे होला । म त्यतातिर जान चाहन्न । म छ मिनटमा रहेर कुरा भन्न चाहन्छु । सधै आउँछ । अहिले पनि आएको छ । यो सरकारले रबर…गोरखाको टायर उद्योग, हेटौँडाको कपडा उद्योग यस्तै यसलाई सुधार गरेर बनाउनेछ भनेर लेखिन्छ । बन्दैनन् ।’
सांसद गिरीले भने, ‘गएको साल अर्थमन्त्रीजीले तत्कालीन सडक मन्त्रीले सात सय पुल निर्माण हुन्छन् भनेर ५ लाख राखिएको थियो । ती पाँच लाखहरू कहाँ हराए ? त्यसैले पनि एउटा सांसदको हैसियतले यहाँ हामी दुखी र खुसी हुनुपर्ने प्रश्न छैन । हिजो सत्तामा बस्दा पनि, अहिले प्रतिपक्षमा बस्दा पनि यहाँबाट प्रस्तुत हुन्छन् बजेटहरू त्यसको कार्यान्वयन कति हुन्छ हुँदैन ? लेखाजोखा गर्ने कि नगर्ने ? बजेट प्रस्तुत हुनुभन्दा ३ महिना पहिला यो कार्यान्वयन भयो, यो भएन भन्नुपर्छ । बजेटमा एउटा शब्द बडो नराम्रोसँग उल्लेख हुन्छ । त्यो शब्द हो ‘व्यवस्था गरिनेछ’, सुन्नुस् ‘आवश्यक बजेट व्यवस्था गर्छु’ बजेटमा बडो शब्द आउँछ । आवश्यक बजेट ‘विनियोजन गर्छु’, आवश्यक रकम व्यवस्था गर्छु यी तीन वटा शब्दहरू बडो गहकिएर आउँछ ।’
‘जो विनियोजन गरेर ५० करोड गरेको छु, यति करोड गरेको छु भन्ने कुरो लागू होला, तपाई हामीलाई झुक्काउन ‘सातै प्रदेशमा सुविधा सम्पन्न वृद्धाआश्रमको स्थापना गरिनेछ’ बडो गहकिलो शब्द उल्लेख गरिएको छ’, उनले भने ।
‘हेर्छु मैले एक वर्षपछि यो बन्छ कि बन्दैन ? त्यसमा सिरियस हुन जरुरी छ । मैले यसमा किन भनेको छु भने गएको पटक अहिले रुदन गर्दै हुनुहुन्थ्यो जग्दीपुरको सांसद म टरिगाउँ विमानस्थल मैले दाङको भनेर उल्लेख गरेको होइन’, गिरीले भने, ‘जुन विमानस्थल यती आवश्यक छ नेपालगञ्ज फ्लाइट हुँदा दाङको टरिगाउँमा एकदम क्लाउड कम लाग्छ । अहिले त्यो पनि यस्तै शब्द छ । अर्थमन्त्रीले यसलाई गम्भीरतापूर्वक लिनुभएको होला ।’
‘दाङ जिल्ला एउटा उपत्यका हो । थारुको बस्ती बसेको उपत्यका जहाँ ठूलो थारु बस्ती छ त्यसको जर्गेना गर्न, त्यसको उत्थान गर्न एउटा प्राजेक्ट लागू गर्नुपर्छ भन्न पनि आग्रह गर्न चाहन्छु’, सांसद गिरीले भने ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया