मन्त्री खुस्किने भएपछि तामाङलाई गाली, भावी मन्त्रीलाई ‘रञ्जु डार्लिङ्ग’ रे

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की सांसद रञ्जिता श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने चर्चा भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले निच शब्दसहित जथाभावी बोल्न थालेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद हेरफेर गर्ने तयारी गरेका छन् । हालको पर्यटनमन्त्री हितबहादुर तामाङलाई हटाएर दाहालले श्रेष्ठलाई मन्त्री बनाउने संकेत गरेका छन् ।
नाउपाकी सांसद श्रेष्ठ पर्यटन मन्त्री बनेर आउने हल्ला भएसँग महानिर्देशक अधिकारीले मन्त्रालयका कोहि उच्च पदाधिकारीसँग आफूले ‘रञ्जु डार्लिङ्ग’को लागि लविङ्ग गरेको धाक लगाएको उच्च स्रोतले जनाएको छ ।
महानिर्देशक अधिकारीले ‘तामाङले खायो मात्र केही गरेन, रञ्जु डार्लिङ्गको लागि प्रचण्ड सचिवालयमा सेटिङ्ग मिलाइसके । अब मन्त्री म भएको जस्तै हो’ मन्त्रालयका उच्च कर्मचारीहरूसँग भनेको स्रोतको दाबी छ ।
मन्त्री बनेर नआउँदै महानिर्देशक अधिकारीले नाउपाकी सांसद श्रेष्ठका बारेमा जथाभावी बोलेर होच्याउने कार्य गरेको भनेर प्राधिकरणभित्रका कर्मचारीहरूबीच खासखुस भइरहेको छ । महानिर्देशक अधिकारीले पूर्वमन्त्री समेत भइसकेकी नाउपाकी सांसद श्रेष्ठका बारेमा यी शब्दहरू बन्द कोठाभित्र मन्त्रालयका उच्च कर्मचारीहरूसँग बोलेर आफ्नो पदीय गरिमालाई भुलेको आरोप लागेको छ ।
महानिर्देशक अधिकारी तल्लोस्तरको शब्द बोलेर प्राधिकरणका कर्मचारीहरूलाई गालीगलौज गर्छन् भनेर धेरै पहिलादेखि गुनासाहरू आइरहेका छन् । कर्मचारीहरूलाई तल्लोस्तरको शब्दसहित गालीगलौच गरेर महानिर्देशक अधिकारीले बोल्छन् भनेर यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीहरूमा पनि उल्लेख छ । याे कुरा पछिल्लो समयमा परेका उजुरीहरूमा पनि उल्लेख छन् ।
कर्मचारीहरू अधिकारीसँग डराएर चुइक्क पनि बोल्न डराउँछन् । महानिर्देशक अधिकारीले प्राधिकरणलाई प्रालि जस्तो बनाएर चलाएको भनेर गुनासाहरू आइरहेका छन् । तर, उनलाई कसैले पनि चलाउन सक्दैन ।
महानिर्देशक अधिकारीका विषयमा आएको समाचार र आरोपका बारेमा प्रतिक्रिया लिन प्रयास गर्दा सम्पर्क हुन सकेन ।
Comments are closed.
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया