दाहाल-ओलीबीच वार्ता, कथित ‘जनयुद्ध’ शब्दमा चर्काचर्की

काठमाडौं । बजेटका विषयमा एमालेले असन्तुष्टि जनाएका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले अध्यक्ष केपी ओलीसँग छलफल गरेका छन् ।

आइतबार सिंहदरबारमा दाहाल र ओलीबीच भेटवार्ता भएको हो । भेटका विषयमा दुबै जनाले केही भनेका छैनन् ।

ओलीले संसदीय दलको बैठकमा सत्तारुढ दलहरूसँग छलफल नगरेर बजेट ल्याएको र बजेटमा रहेका केही शब्दावली अनुपयुक्त रहेको टिप्पणी गरेका थिए । ओलीले कथित जनयुद्ध भन्ने शब्दप्रति असन्तुष्टि जनाएका थिए ।

मधेश प्रदेश सरकारका विषयमा पनि दाहाल र ओलीबीच कुराकानी भएको बुझिएको छ । मधेश प्रदेश सरकारलाई लिएर विभिन्न अड्कल भइरहेका बेला सम्वादहरू तिब्र भएका छन् ।

Published : Sunday, 2024 June 2, 5:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया