बढ्ता हुँदा लामिछाने आफू पनि फसे, प्रचण्डलाई पनि फसाए, गगनले पानीमुनि गएपनि नछाड्ने

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशको सूचना बेच्ने मान्छेहरू सदनमै रहेको भन्दै दिएको अभिव्यक्तिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ मागेका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री समेत रहेका सांसद थापाले मन्त्री लामिछानेको अभिव्यक्ति कि त संसदबाट हटाउन, नभए त्यसको जिम्मेवारी लिई जवाफ दिन भनेका छन् ।

‘सूचना बेच्ने मान्छेहरू पनि सदनमा छन् भनेर गृहमन्त्रीले भन्नुभयो । सदनमा गएर बोलेपछि जवाफ दिनुपर्छ’, थापाले भने, ‘सूचना बेच्नेलाई देशद्रोहको मुद्दा लगाउनुपर्छ । अब हामी चुप लागेर बसेर हुँदैन । गृहमन्त्री होइन प्रधानमन्त्रीसँग हिसाबकिताब माग्नुपर्छ ।’

गृहमन्त्री लामिछानेले आफैंलाई लक्षित गरेर भनेको अभिव्यक्तिले कुनै असर नपर्ने थापाले बताएका छन् । थापाले भने, ‘सत्तासँग लड्दा घाउ कसरी लाग्छ मलाई राम्ररी थाहा छ । एक्लै देशद्रोहको मुद्दा खेपेर आएको हुँ । आछ्युँ खाएँ बछ्युँ खाएँ झुसे बारुलो !’

उनले सदन चटकेले सडकमा जस्तो बोल्न पाउने ठाउँ नभएको भन्दै जथाभावी बोलेकोमा आपत्ति जनाए ।

‘बाहिर एउटा चटकेको जस्तो बोल्ल पाइएला तर संसद् चटक देखाउने ठाउँ होइन’, थापाले भने, ‘सम्माननीय प्रधानमन्त्रीले रेकर्डबाट हटाउनुप¥यो । होइन भने प्रधानमन्त्रीसँग हिसाबकिताब लिइन्छ ।’

थापाले भने, ‘बाहिर एउटा चटकेजस्तो बोल्न पाइएला । संसद चटक देखाउने ठाउँ होइन । यो कुरामा कांग्रेस पनि प्रष्ट होस् भन्न चाहन्छ । जुन कुरा यहाँ भनियो । जुन कुरा सुनियो । उहाँ सुनुहुन्छ, कि प्रधानमन्त्रीलाई अन गर्नुहोस् । तपाईसँग हिसाब किताब गरौंला । कि होइन भने प्रधानमन्त्री आउनुहोस् । भन्नु होस् । यो रेकर्डबाट हटाउँछौं भनेर । होइन भने यही सदनबाट प्रधानमन्त्रीसँग हिसाब किताब लिइन्छ । सभामुखको अगाडिबाट लिइन्छ ।’

थापाले सहकारी ठगी प्रकरणमा गठित संसदीय विशेष समितिले गर्ने काम महत्वपूर्ण हुने बताए । समितिले गृहमन्त्री लामिछाने, महान्यायाधिवक्ता र आईजीपीको समेत बयान लिने सांसद थापाले बताएका छन् ।

Published : Sunday, 2024 June 2, 2:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया