मधेशमा कांग्रेससहितको विपक्षी दलहरू बलियो, नेपाल र सुमनबीच भेटवार्ता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग जनता समाजवादी पार्टी नेपाल (जसपा)का महासचिव मनीष सुमनले भेट गरेर मधेश प्रदेश सरकार गठनका विषयमा परामर्श गरेका छन् ।
शनिबार काठमाडौंको कोटेश्वरस्थित निवासमा अध्यक्ष नेपालसँग महासचिव सुमनले मधेश सरकार गठनका विषयमा सहयोग गर्न अनुरोध गरेका हुन् । जवाफमा अध्यक्ष नेपालले पार्टीको बैठक राखेको र केही दिनभित्रै मधेश प्रदेश सरकारबारे औपचारिक निर्णय गरिने बताएका छन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेश सरकार गठनका विषयमा परामर्श गर्न महासचिव सुमनलाई पठाएका हुन् ।
मधेश प्रदेशमा सरकार बनाउन ५४ जनाको समर्थन आवश्यक पर्छ । नेपाली कांग्रेस, जसपा नेपाल र लोसपाको संख्या ४९ रहेको छ । सरकार बनाउन जम्मा ५ सदस्य आवश्यक पर्छ । सरकार बनाउन विपक्षी दलहरू निकै नजिक छन् ।
एमाले, माओवादी र जनमत पार्टीको मोर्चामा ४६ सदस्य छन् । एमालेका १ जना सभामुख रहेकाले भोटिङ गर्न पाउँदैनन् ।
मधेश प्रदेशमा एमालेका २५, जनमतका १३ र माअोवादीका ९ प्रदेशसभा सदस्य छन् । कांग्रेसका २२, जसपा नेपालका १९, लोसपाका ८ प्रदेशसभा सदस्य छन् ।
नेकपा (एकीकृत समाजवादी)सँग ७ प्रदेशसभा सदस्य छन् । राप्रपाका १, रिजवान अन्सारीको पार्टीका १, रेशम चौधरीको पार्टीका १ प्रदेशसभा सदस्य छन् ।
जसपा फुटाएका अशोक राईको पक्षमा कुनै पनि प्रदेशसभा सदस्य खुलेका छैनन् । मधेश प्रदेशमा अशोक राईको समूहलाई ठूलो समस्या छ ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया