नेविसंघ अध्यक्ष शेर्पाले विधान विपरित कार्य गरेको सभापतिहरूको आरोप, संगठन बचाउन आन्दोलन
काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले स्वयच्छाचारी, अलोकतान्त्रिक र अवैधानिक तवरले स्वतन्त्र विद्यार्थी युनियन परिषदको सभापति नियुक्त गरेको भन्दै विरोध भएको छ ।
काठमाडौं उपत्यकाभित्रका ठूलो क्याम्पससहित नेविसंघले जितेका क्याम्पसका नेविसंघका सभापति र अध्यक्षहरूले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर अध्यक्ष शेर्पाको कार्यशैलीको विरोध गरेक हुन् । उनीहरूले स्ववियु परिषदको सभापति वैधानिक व्यवस्थालाई अध्यक्ष शेर्पाले उल्लंघन गरेको आरोप लगाएका छन् ।
‘नेपाल विद्यार्थी संघको विधान, २०२७को धारा ६(८) र नेपाल विद्यार्थी संघको नियमावली २०७३ मा विभिन्न विश्वविद्यालयका क्याम्पसहरूमा नेविसंघको तर्फबाट निर्वाचित भएका स्ववियु प्रतिनिधिहरूको अधिवेशनबाट स्ववियु परिषद गठन हुने र स्ववियु सभापतिहरूमध्यबाट निर्वाचित व्यक्ति स्ववियु परिषदको सभापति हुने प्रस्ट वैधानिक व्यवस्था छ’, पत्रकार सम्मेलनमा वितरित संयुक्त विज्ञप्तिमा भनिएको छ ।
‘विधानमा यस्तो व्यवस्था हुँदाहुँदै विधानको व्यवस्थालाई लत्याएर अलोकतान्त्रिक, स्वेच्छाचारी र अवैधानिक तवरले पार्टी तथा सङ्गठनको मर्म र सिद्धान्त विपरीत नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको अध्यक्ष दुजाङ शेर्पाज्यूले २०८१÷०२÷१६ गते पत्रमार्फत आफू निकटको व्यक्तिलाई स्ववियु परिषदको सभापतिको रुपमा नियुक्ति गरेको घटनाप्रति हामी देशभरिका विभिन्न क्याम्पसका स्ववियु सभापतिहरूको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘लोकतन्त्र, समाजवाद, विद्यार्थी एकतालाई आफ्नो आदर्शका रुपमा मान्ने नेपाल विद्यार्थी संघको अध्यक्ष दुजाङ शेर्पाले चलाएको यो अवैधानिक कमदले हामी यी आदर्शलाई गिज्याइरहेको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्षको यो अलोकतान्त्रिक, अवैधानिकर निरंकुश कदमको घोर भर्त्सना गर्दर्छौं’, संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘उक्त निर्णय विधानद्वारा प्रत्यायोजित अध्यक्षको अधिकार क्षेत्रन्दा बाहिर भएकोले स्वतः अवैधानिक हुन्छ । तसर्थ उक्त अवैधानिक निर्णय किमार्थ स्वीकार्य छैन ।’
पत्रकार सम्मेलनमा पब्लिक युथ क्याम्पसका स्ववियु सभापति नवीन पाण्डले भने, ‘अध्यक्षलाई स्ववियु परिषदको सभापति मनोनयनको सन्दर्भमा गरेको गल्ती स्वीकार गरेर तत्काल नेपाल विद्यार्थी संघको विधानको व्यवस्था बमोजिम स्ववियु परिषदको आधिकारिक अधिवेशनको मिति घोषणा गरी अधिवेशनका मार्फत विधिवत रुपमा स्ववियु परिषदको नेतृत्व चयन हुने वातावरण सिर्जना गर्न हार्दिक अनुरोध गदर्छौं ।’
‘यो निर्णय नसच्याए नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाविरुद्ध कडा संघर्षका कार्यक्रम घोषणा गर्ने जानकारी दिन चाहन्छौँ’, सभापति पाण्डेले भने, ‘उक्त संघर्षबाट सिर्जित घटनाको जिम्मा स्वयं नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले लिनुपर्ने समेत जानकारी गराउँदछौँ ।’
नेविसंघका अध्यक्ष शेर्पाले स्ववियु परिषदको सभापतिमा आफू खुसी मनोमानी ढङ्गले तबजविजका आधारमा अर्को व्यक्तिलाई सभापति मनोनयनको पत्र दिएपछि नेविसंघका अधिकांश क्याम्पसका ईकाइ अध्यक्ष र स्ववियु सभापतिहरू आन्दोलनमा छन् ।
संयुक्त विज्ञप्ति जारी गर्ने सभापतिहरूमा नवीन पाण्डे (पब्लिक युथ क्याम्पस काठमाडौं), सुशान्त बस्नेत (शंकरदेव क्याम्पस काठमाडौं), मुस्कानराज गौतम (सरस्वती बहुमुखी क्याम्पस काठमाडौं), सुशील विष्ट (पाटन संयुक्त क्याम्पस ललितपुर), सिजन अधिकारी (काठमाडौं ईन्जिनियरिङ कलेज) लगायत रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया