चार एसएसपी र चार एसपीहरूको बढुवा सिफारिस

काठमाडौं । गृह मन्त्रालय बढुवा समितिको सचिवालयले चार जना प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेको छ ।

समितिले शुक्रबार जारी गरेको सूचनाअनुसार एसपीहरू श्यामकृष्ण अधिकारी, रविन्द्र रेग्मी, भीमबहादुर दाहाल र नान्तीराज गुरुङलाई एसएसपी बढुवामा सिफारिस गरिएको छ ।

यसैगरी, बढुवा समितिले जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरेको छ ।

बुढवा सिफारिस हुनेहरूमा प्रदीपबहादुर क्षेत्री, नारायण रञ्जितकार, अनन्तराम शर्मा र एकनारायण कोइराला रहेका छन् ।

Published : Saturday, 2024 June 1, 9:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया