दुर्गा प्रसाइँको हतियार काण्डपछि सरकारको नयाँ निर्णय

काठमाडौं । सरकारले हातहतियार राख्न पाउने व्यवस्थालाई कडाइका साथ लागू गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा शुक्रबार पत्रकार सम्मेलन गरेर सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले इजाजतमा तोकिएको स्थानमा मात्रै लैजान पाउने बताइन् ।

प्रचलित कानूनबमोजिम इजाजत प्राप्त गरेका तर, यात्रा अनुमति प्राप्त नगरेका हतियारहरू इजाजत बाहकले घरबाहिर लैजान नपाउने र यात्रा इजाजत प्राप्त गरेका हातहतियारसमेत तोकिएको स्थानमा लैजान नपाउने गरी निषेधित गर्ने निर्णय गरेको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाइँका सुरक्षाका लागि खटिएका युवाहरू आधुनिक हतियारसहित सर्वोच्च अदालत परिसरबाट पक्राउ परेपछि सरकारले इजाजत पाएका हतियारलाई कानूनले व्यवस्था गरेअनुसार प्रयोग गर्न भनिएको छ ।

Published : Friday, 2024 May 31, 6:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया