गणतन्त्रपछि संविधानको स्प्रीड अनुसार विकास भएन : कांग्रेस नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधानको पुनरावलोकन गरेर जानुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सिटौलाले संविधान पुनरावलोकनको आवश्यकता भइसकेको बताए । उनले भने, ‘‘आगामी निर्वाचनमा पुग्नुभन्दा अगाडि संविधानमा के–के सुधारको आवश्यक छ ? अध्ययन र समीक्षा गरौँ । त्यसपछि संविधानको पुनरावलोकनका लागि तयार हुनुपर्छ ।’

राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता सिटौलाले गणतन्त्रको १६ वर्षे अवधिको पनि मूल्याङ्कन गर्नुपर्ने बताएका छन् ।

‘राज्य सञ्चलनका दृष्टिकोणले संविधानमा के के सच्याउनुपर्छ, के के थप्नुपर्छ नेपाली कांग्रेस तयार हुनुपर्छ’, उनले भने ।

‘संविधानले नागरिकको पक्षमा काम गर्न कहाँ बाधा पुर्‍याएको छ । त्यो हेर्नुपर्छ’, सिटौलाले भने, ‘नागरिकको पक्षमा काम हुने गरी संविधानमा पुनरावलोकन गर्नुपर्छ ।’

उनले भने, ‘गणतन्त्र आएपछि सबै क्षेत्रका विकास भएको छ । संविधानको स्प्रीड अनुसार विकास भएको छैन ।’

Published : Wednesday, 2024 May 29, 4:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया