कांग्रेस नेतृ सिंहद्वारा फाउन्डेसनमार्फत पीके कलेजमा अक्षय कोष स्थापना

काठमाडौं । मङ्गलादेवी सिंह फाउन्डेसनले पद्मकन्या बहुमुखी क्याम्पस (पीके कलेज), बागबजारमा ५ लाख राशिको अक्षय कोष स्थापना गरेको छ ।

बुधबार नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले फाउण्डेसनका तर्फबाट अक्षय कोषका लागि ५ लाख राशिको चेक क्याम्पस प्रमुख प्रा.डा.जयालक्ष्मी प्रधानलाई हस्तान्तरण गरेकी छिन् ।

राजनीतिशास्त्रमा एम.ए. र स्नातक तहका विद्यार्थीलाई प्रत्येक वर्ष अक्षय कोषबाट छात्रवृत्ति दिइनेछ ।

क्याम्पस प्रमुख प्रा.डा.प्रधानले अक्षयकोष स्थापनाले आफूहरू उत्साही भएको भन्दै फाउन्डेसनलाई धन्यवाद दिएकी छिन् ।

प्रा.डा.प्रधानले पद्मकन्या स्थापनामा समेत मङ्गलादेवी सिंहको भूमिका महत्वपूर्ण रहेको बताएक छिन् ।

कांग्रेस नेतृ सिंहले नेपालको राजनीतिमा मङ्गलादेवी सिंहको भूमिका महत्वपूर्ण रहेको बताएकी छिन् ।

महिलाहरूका लागि छुट्टै विद्यालय र क्याम्पस स्थापनाका लागि मङ्गलादेवी सिंहले गरेको संघर्षबारे जानकारी गराएकी छिन् ।

कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद प्रतिमा गौतम र कांग्रेस नेतृ एवम् राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनीले अक्षयकोषको स्थापनाले गरिब, जेहेन्दार विद्यार्थीलाई अध्ययनमा सहयोग पुग्ने बताएका छन् ।

Published : Wednesday, 2024 May 29, 3:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया