गणतान्त्रिक व्यवस्था हुँदा पनि जनताले यथेष्ट अनुभूति गर्न सकेनन् : तरुण अध्यक्ष गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले गणतन्त्रको रक्षार्थ सबैले जिम्मेवारीपूर्ण काम गर्नुपर्ने बताएका छन् ।

१७औं गणतन्त्र दिवसको अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै अध्यक्ष गुरुङले भने, ‘आ–आफ्नो ठाउँबाट अर्थपूर्ण, महत्वपूर्ण र जिम्मेवारीपूर्ण भएर अघि बढ्न आव्हान गर्दछु ।’

‘गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनु हुने नेपाली दाजुभाइ दिदीबहिनीहरूमा म हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

उनले भने, ‘हजारौं नेपालीको त्याग, बलिदानबाट स्थापना भएको गणतन्त्रको संस्थागत विकासले देशलाई सबल र सुदृढ बनाउन मद्दत गर्दछ ।’

अध्यक्ष गुरुङले भने, ‘मुलुकमा आर्थिक उन्नति, प्रेस स्वतन्त्रता, मौलिक हकको सुनिश्चितता देश गणतान्त्रिक शासन व्यवस्थामा परिणत भएपछि पनि जनताले यथेष्ट अनुभूति गर्न सकेका छैनन् ।’

Published : Tuesday, 2024 May 28, 10:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया