पहिरो र भाइभर्सनले सडक भत्किँदा नवलपुरमा सवारी आगामन अवरुद्ध

दुम्कीबास । नवलपुर जिल्लास्थित पूर्वपश्चिम राजमार्गमा बनाइएको डाइभर्सनका साथै पहिरोले सडक भत्काउँदा सवारी आवागमन अबरुद्ध भएको छ ।

वर्षाका कारण पहिरो जाँदा महेन्द्रराजमार्ग अन्तर्गत थुम्सी र दुम्कीबासमा राजमार्ग अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार रातिको वर्षाले थुम्सीमा पहिरो गएको छ । राजमार्ग अवरुद्ध हुँदा महेन्द्रराजमार्ग हुँदै पूर्वपश्चिम हिँडेका सैयौं यात्रु थुम्सीमा अलपत्र परेका छन् ।

पहिरो गएर भत्किएको सडकलाई प्रहरीले डोजर प्रयोग गरेर राजमार्ग खुलाउने प्रयास गरिरहेको छ ।

यता, महेन्द्रराजमार्गको दाउन्नेमा डाइभर्सन बगाएका कारण ठाउँठाउँमा राजमार्ग अवरुद्ध भएको छ ।

मंगलबार बिहानदेखि डोजरले सडक पन्छाउन सुरु भएको छ । प्रहरीका अनुसार विभिन्न ठाउँमा डाइभर्सन बगाएको छ ।

महेन्द्रराजमार्ग फराकिलो पार्ने काम गरिरहेको चिनियाँ ठेकेदार कम्पनीले राजमार्ग भत्काएर छोडेको वर्षौ भइसक्दा पनि काम नगरेकाले सानो वर्षा हुनासाथ ती स्थानमा राजमार्ग अवरुद्ध हुने गरेको छ ।

Published : Tuesday, 2024 May 28, 8:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया