यी हुन् भावी आइजीपीका दाबेदार, को कुन स्थानमा ? कुँवरद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डीआइजी) पदमा पदोन्नति भएका ४ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
सोमबार प्रहरी हेडक्वाटर नक्सालमा आयोजित विशेष कार्यक्रममा प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले चार डीआइजीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
डीआइजीहरू कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, मनोजकुमार केसी र राजन अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यी चार जना डीआइजीबाटै भावी आइजीपी हुनेछन् । हालका आइजीपी कुँवरको कार्यकाल सम्पन्न भएपछि केही महिनाका लागि एआइजीद्वय दीपक थापा र सुदीप गिरीमध्य एकजना आइजीपी हुनेछन् । त्यसपछि यी चार जनामध्यबाट एकजना आइजीपी बन्नेछन् । डीआइजी पोखरेल हालका आइजीपी कुँवरसँग अवकासमा जानेछन् । त्यसपछि आइजीपीका लागि पहिलो नम्बरमा डीआइजी कार्की रहनेछन् । केसी दोस्रो र तेसो नम्बरमा अधिकारी रहनेछन् ।
नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ जेठ ६ गतेको निर्णयानुसार प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी निरीक्षक भगवानप्रसाद कुशवाहलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
आइजीपी कुँवरले राष्ट्र, जनता र संगठनप्रति गरेको योगदान, कार्यक्षमता लगायतका बढुवाका सम्पूर्ण संभाव्य आधारहरूको मूल्याङ्कन गरी पदोन्नति गरिएको बताएका छन् ।
कुँवरले संगठनको वृहत्तर हितको कुरा गर्दा पद वा व्यक्ति गौण हुने र संगठनले दिएको जिम्मेवारी प्रमुख हुन आउने बताए ।
डीआइजी कृष्णहरि शर्मा पोखरेलले राज्य र संगठनले दिएको जिम्मेवारीलाई व्यावसायिक निष्ठाकासाथ राष्ट्र र नागरिकको सेवामा गम्भीर भएर पूरा गर्ने बताए ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया