तरुण दलद्वारा आइतबारको विशेष तयारी, शान्तिबाटिकामा ११ बजे पोशाकसहित जम्मा हुन निर्देशन

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले तरुणहरूलाई आइतबार बिहान ११ बजे जम्मा हुन निर्देशन दिएका छन् ।

काठमाडौंको शान्तिबाटिका, रत्नपार्कमा बिहान ११ बजे उपस्थित हुन आग्रह गरेका छन् । उनले तरुण दलको निलो पोशाकसहित उपस्थित हुन आग्रह गरिएको बताए ।

तरुण दलले शान्तिबाटिकाबाट विशेष प्रदर्शन गर्न लागेको छ । त्यसका लागि तरुण दलले आन्तरिक तयारी गरेको छ ।

तरुण दलले शान्तिबाटिकाबाट विभिन्न स्थानको परिक्रमा गर्दै नेपाली कांग्रेसले खुला सभा गर्ने स्थान प्रदर्शनीमार्गको भृकुटीमण्डपमा पुग्ने तयारी गरेको छ ।

नेपाली कांग्रेसले सरकारको अलोकतान्त्रिक र निरंकुश चरित्रका साथै सहकारी ठगीविरुद्ध खुला सभा गर्न लागेको छ ।

लाखौँ जनताले जम्मा गरेको करोडौं रकम गृहमन्त्री रवि लामिछानेले गैह्रकानूनी तरिकाले गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर ग्यालेक्सी फोरके टेलिभिजन चलाएका थिए ।

कांग्रेसले लाखौँ सहकारीपीडितको निक्षेपको सुरक्षाका लागि प्रदर्शन गर्न लागेको जनाएको छ ।

कांग्रेसले सहकारीको रकम ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानविन समितिको पनि माग गर्दै आएको छ ।

Published : Saturday, 2024 May 25, 8:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया