यो व्यवस्थामा कतैबाट खतरा छभने ओली, दाहाल र लामिछानेबाटै छ : सभापति बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले अहिलेको व्यवस्थामा केपी ओली, पुष्पकमल दाहाल र रवि लामिछानेबाट खतरा रहेको बताएका छन् ।

शुक्रबार ललितपुरमा बसेको पार्टीको बैठकलाई सम्बोधन गर्दै बानियाँले व्यवस्थालाई कमजोर बनाउन सरकारमा रहेका तीन ठूला दल लागेको बताए ।

उनले भने, ‘यो व्यवस्था यदि कतै कतैबाट खतरा छभने केपी ओली, प्रधानमन्त्री दाहाल र अहिलेको गृहमन्त्री रवि लामिछानेबाटै यो व्यवस्थामा खतरा छ ।’

सभापति बानियाँले भने, ‘यो व्यवस्थालाई कमजोर बनाउने खेलमा उहाँहरू लाग्नुभएको छ । त्यता नलाग्नलाई खबरदारी सभा गर्दै छौँ ।’

‘सहकारी ठगीमाथि संरक्षण गर्ने काम र संसदमा मर्यादित ढंगले संसदलाई प्रतिपक्षले गरेको भूमिकामा प्रतिपक्षलाई प्रभोग गरेर सत्तापक्षको नेताले प्रतिपक्षको ठाउँमा आएर जुन ढंगको व्यवहार देखाउनुभयो एमालेका अध्यक्ष केपी ओली र प्रधानमन्त्रीले संसदमा बसेर धम्कीपूर्ण अभिव्यक्ति दिनुभयो यो संसदीय चरित्र र संसदीय अभ्यासको बर्खिलापमा छ’, उनले भने ।

‘सहकारी ठगी गर्नेहरूलाई जसरी संरक्षण गर्ने काम भइरहेको छ’, उनले भने, ‘सत्ता टिकाउनको लागि जसरी सदनमा बेथिति गरियो, त्यसको खिलापमा यो किसिमको गतिविधि गर्नु हुँदैन ।’

उनले भने, ‘कुनै पनि मान्छेले सम्पूर्ण सहकारीमा राखेको बचतलाई जो कोही होस् जुनसुकै पार्टीमा आस्था राख्ने होस् कसैले पनि यो किसिमको ठगी गरेको छभने त्यसलाई कानूनी दायरमा ल्याउने र कानूनभित्र रहेर गृह प्रशासन चलाएकोले अहिले संसदीय छानविन समिति बनाउनेतिर नलागेर जबरजस्ती गरेको छ, यो तत्काल संसदीय समिति बनाउनतिर प्रधानमन्त्री लाग्नको लागि र सरकारमा रहेको ठूलो पार्टी भएको एमालेलाई र एमालेका अध्यक्ष केपी ओलीलाई हाम्रो आग्रह छ ।’

Published : Saturday, 2024 May 25, 11:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया