कांग्रेसले बोल्न समय माग गर्दा सभामुखले समय दिनुभएन : सरिता प्रसाइँ

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सरिता प्रसाइँले सभामुखले प्रतिपक्ष दललाई संसदमा बोल्न समय नदिएर संसदीय मान्यता र परम्पराको खिल्ली उडाएको बताएकी छिन् ।

शुक्रबार संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै प्रसाइँले सभामुख देवराज घिमिरेले कांग्रेसले बोल्न समय माग गर्दा समय नदिएको बताइन् । उनले संसद भनेको प्रतिपक्षको रहेको भन्दै सभामुखले समय नदिएर ठूलो भुल गरेको बताइन् ।

उनले भनिन्, ‘संसद भनेको प्रतिपक्षको हो । प्रतिपक्षले बोल्न समय माग्यौँ । सभामुखले दिनुभएन । मैले समय दिइन भन्नेका लागि तपाईहरूले यो गरेको हो ? भन्नुभयो । अब के भन्ने यसमा ।’

‘संसदमा प्रतिपक्षले बोल्न खोज्दा जहिले पनि समय दिनु पर्‍यो नि । हामीले माग्यौँ । कुरा राख्छौँ । संसदीय व्यवस्था भनेको प्रतिपक्षको हो नि’, सांसद प्रसाइँले भनिन् ।

‘यति लामो समयदेखि हामीले सहकारीमा घोटाला भएको त्यस कारणले एउटा छानविन समिति बनाऔँ, बनाएपछि संसद चल्छ नि । जेठको १५ गते आउने हो बजेट । अझै ३ दिन बाँकी छ’, उनले भनिन् ।

‘सहमति गरेर समिति बनाएर उहाँहरूले हाउसबाट पारित गरेर गरेमा चलिहाल्छ । बजेटको विरोधी हामी पनि होइनौँ नि । हामीलाई छानविन समिति चाहिएका छैन भने सत्तापक्षले छानविन समिति बनाइदिएर हामीले दियौँ भनिदिए भयो नि त ?’, सांसद प्रसाइँले भनिन् ।

Published : Friday, 2024 May 24, 1:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया