सिरोहियालाई पक्राउ गर्न मैले अनुमति दिएको हुँ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न आफूले अनुमति दिएको स्वीकार गरेका छन् ।
बुधबार बालुवाटारमा केही सम्पादकहरूसँगको भेटमा दाहालले सिरोहियाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएपछि आफूले पनि अनुमति दिएको बताए ।
सम्पादक प्रतीक प्रधानका अनुसार प्रधानमन्त्री दाहालले भने, ‘म तपाईंहरूको मागप्रति संवेदनशील छु । अदालतबाट पक्राउ पुर्जी आएपछि मैले स्वीकृत दिएको हुँ ।’
सत्ताको दुरुपयोग गर्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई पक्राउ गरेको विषयमा सम्पादकहरूले बुधबार प्रधानमन्त्रीलाई पाँचबुँदे पत्र बुझाएका छन् ।
प्रधानमन्त्री दाहालसँग नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पनि सिरोहियालाई पक्राउ नगर्न आग्रह गरेका थिए । नेपालले पत्रकारहरूसँग कुरा गर्दै दाहालसँग सिरोहियालाई पक्राउ नगर्न आग्रह गरे पनि पक्राउ गरिएको भन्दै असन्तुष्टि जनाए ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया