बबाल गर्दै आएका गृहमन्त्री लामिछानेलाई प्रसाईंले दिए जवाफ, महेशसँग पीडित शोभालाई मागे न्याय

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले लाइसेन्स प्राप्त हतियारका विषयमा बबण्डर मच्चाइहेका बेला मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राज्य अहिले आफ्नो हतियारमा भुलेको टिप्पणी गरेका छन् ।

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रसाईंले आफूले राज्यको निकायकै निर्णयको आधारमा २२ बोरको हतियार विदेशबाट ल्याएको बताए । उनले हतियार लाइसेन्स लिएर प्रयोग गरिरहेको बताए ।

उनले भने, ‘झापा जिल्ला प्रशासनको सिफारिसमा गृह मन्त्रालयको सुरक्षा समितिको बैठकले मलाई हतियार दिने भनेर निर्णय गरेको हो ।’
‘गृह मन्त्रालयले मन्त्रिस्तरको निर्णय गरेर वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई चिठी लेखेको थियो’, उनले भने, ‘त्यो चिठीको आधारमा हामीले हतियार मगाएका हौँ ।’

उनले भने, ‘त्यो चिठीको आधारमा हामीले लाइसेन्स पनि पाएका हौँ । अहिले राज्य मेरो हतियारमा भुलेको छ ।’

प्रसाईंले आफ्नो हतियारमा भुल्नुभन्दा एमालेका नेताबाट शोभा पाठकमाथि अन्याय परेको बताएका छन् । एमालेका नेता महेश बस्नेतबाट जबरजस्ती करणीमा परेकी शोभा पाठकलाई न्याय दिन आग्रह गरेका छन् ।

एमालेकी नेतृ समेत रहेकी शोभा पाठकले न्यायका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पटक पटक आग्रह गर्दै आएकी छिन् । शोभाले न्याय पाएकी छैनिन् । महेश बस्नेतका लठैतहरूले शोभा पाठकलाई हातपात गर्नुका साथै मोबाइल लुटेर लगेका छन् ।

प्रसाईंले आफूलाई गृहमन्त्री लामिछानेले तस्करको फोटो सार्वजनिक नगर्न आग्रह गरेको बताएका छन् ।

प्रसाईंले, ‘मलाई फोटो सार्वजनिक नगर्न भनेर गृहमन्त्रीले भन्नुभएको छ, खबर पठाउनुभएको छ । फोटो सार्वजनिक गर्छु जहाँपनि तस्करहरूको, यो चुनौती हो । तस्करको फोटो सार्वजनिक गर्छु ।’

उनले आफूले प्रमाणसहित तस्करको फोटो सार्वजनिक गर्ने र कारबाही गरेर देखाउन पनि गृहमन्त्रीलाई चुनौती दिए । गृहमन्त्रीले तस्करलाई कारबाही गरेमा आफ्नो पूर्ण साथ हुने पनि उनले बताए ।

Published : Sunday, 2024 March 31, 11:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया