कांग्रेस दुधले नहाएको छैन भन्ने रवि लामिछानेको अहँकार टुक्राटुक्रा भयो

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मन्त्रीहरूमाथि प्रश्न उठ्दा धेरै मन्त्रीहरूले राजीनामा दिनुका साथै छानविन आयोगहरू गठन भएका इतिहाँस स्मरण गराएका छन् ।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा आकस्मिक समय लिएर बोल्दै लेखकले बिदेशको बैंकमा खाता रहेको आवाज उठेपछि तत्कालीन अर्थमन्त्री डा.रामशरण महतले पदबाट राजीनामा दिएको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीजीले एउटा महत्वपूर्ण कुरा भन्नुभयो । नेपाली कांग्रेस संसदीय अभ्यासको लामो अभ्यास गरिसकेको पार्टी हो । कांग्रेसले संसदका बारेमा बुझ्नुपर्छ । जान्नुपर्छ । यो इतिहाँस हामीलाई स्मरण छ । हाम्रो इतिहाँस स्मरण गराइदिनुभयो प्रधानमन्त्रीजीले त्यो इतिहाँसमा हामी गौरव गर्छौं । हाम्रो लामो संसदीय इतिहाँस छ । संसदीय व्यवस्थाप्रति हाम्रो प्रतिवद्धता छ । म यही भित्र भएका अभ्यासहरू भनेर सकाउँछु ।’

‘यस्ता विषयमा मन्त्रीका माथि प्रश्न उठ्दा आजसम्म के के भए ? एक पटक माननीय रामशरण महतजी अर्थमन्त्री भएका बेला उहाँका माथि प्रश्न उठेको छ । विदेशी बैंकमा खाता छ । उहाँले राजीनामा दिनुपर्छ भन्ने प्रश्न उठ्दा रामशरण महतले राजीनामा दिनुभएको छ यसै संसदको इतिहाँसमा ।’

उनले भने, ‘माननीय शेरबहादुर तामाङजी मन्त्री हुँदा उहाँले बोल्दा केही कुरा बिग्रियो, बेठीक बोल्नुभयो भनेर प्रश्न उठेको छ । उहाँले राजीनामा दिनुभएको छ । त्यो पनि संसदको इतिहाँसमा छ ।’

‘गोकुल बास्कोटाजी अहिले पनि माननीय सदस्य हुनुहुन्छ । उहाँका माथि प्रश्न उठेको छ’, लेखकले भने, ‘छानविन गर्नका लागि उहाँले मार्ग प्रसस्त गर्नुभएको छ । राजीनामा दिनुभएको छ । त्यो पनि यसै संसदको इतिहाँस छ ।’

उनले भने, ‘माननीय भरतमोहन अधिकारीले अर्थमन्त्रीका रुपमा बजेट प्रस्तुत गर्दा बजेटका माथि प्रश्न उठेको छ । छानविन समिति गठन भएको छ । यही संसदमा । त्यो पनि इतिहाँस छ ।’

‘माननीय विष्णु पौडेलले अर्थ विधेयक, विनियोजन विधेयक बजेट प्रस्तुत गर्दा बजेटका माथि प्रश्न उठेको छ । छानविन समिति गठन भएको छ । छानविन भएको छ । त्यो पनि यो संसदको इतिहाँसमा छ’, कांग्रेसका प्रमुख सचेतक लेखकले भने ।

‘पछिल्लो पटक माननीय जनार्दशन शर्माले बजेट प्रस्तुत गर्दा उहाँका माथि प्रश्न उठेको छ । उहाँले राजीनामा गर्नुभएको छ र यहाँ छानविन समिति गठन भएको छ’, उनले भने ।

‘यो राजीनामा गर्दा कहीले नेपाली कांग्रेसको सरकार छ । कहिले एमालेको सरकार छ । यो इतिहाँसमा दर्ज भएका घटना हुन्’, लेखकले भनेका छन् ।

‘अब एउटा नयाँ विषय प्रवेश गरेको छ । प्रधानमन्त्रीजीले कुनै प्रमाण छैन भन्दै हुनुहुन्छ । म भन्छु कुनै होइन पर्याप्त प्रमाण छ । यसको छिनोफानो कसले गर्दा ?’, लेखकले प्रश्न गरेका छन् ।

‘प्रधानमन्त्रीजीले प्रमाण छैन भन्दै हुनुहुन्छ । मभन्दै छु अत्यन्तै ज्यादा प्रमाण छ’, उनले भने, ‘हाम्रो छिनोफानो यही जुहारीले गर्छ ? कि यहिँनिर अदालत हुन्छ ? त्यसो होइन ।’

उनले भने, ‘म एउटा आग्रह गर्छु । अहिलेसम्म संसदमा पनि अभ्यासमा भएको । संसदीय मान्यतामा पनि स्थापित भएको । प्रधानमन्त्री र सरकारलाई आग्रह गर्न चाहन्छु । चुनौती पनि दिन चाहन्छु । तपाई प्रमाण छैन भन्दै हुनुहुन्छ । म प्रमाण छभन्दै छु । यहि सदनभित्र छानविन समिति गठन गरौँ । प्रमाण छ कि छैन त्यो पनि हेरौँ । यो मेरो आग्रह हो ।’

गृहमन्त्री लामिछानेले कांग्रेसलाई दुधले नहाएको पार्टी होइन भनेर प्रश्न गरेका थिए । उनले कांग्रेसप्रति निकट तुच्छु टिप्पणी गरेका थिए । त्यसको जवाप लामिछानेले भेटेका छन् ।

Published : Wednesday, 2024 March 20, 11:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया