कृष्णबहादुर महराका बारेमा माओवादीले निर्णय गर्न सकेन, कठोर बने प्रचण्ड

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले उपाध्यक्ष कृष्णबहादुर महराका विषयमा छलफल गरेको छ ।
मंगलबार बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपाध्यक्ष महरालाई जिम्मेवारीमुक्त गर्ने विषयमा छलफल गरेको छ । माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले उपाध्यक्ष महरालाई जिम्मेवारीमुक्त गर्ने विषयमा छलफल भएपनि निर्णयमा पुग्न नसकिएको बताएका छन् ।
उपाध्यक्ष महरा सुन तस्करी प्रकरणमा सोमबार पक्राउ परेका छन् । उनलाई जिम्मेवारीमुक्त गर्ने वा यथावत राख्ने विषयमा छलफल भएको छ ।
बैठकमा अधिकांश पदाधिकारी र नेताहरूले न्यायिक निकायबाट दोषी ठहर नहुँदासम्म उपाध्यक्ष महरालाई पार्टीबाट कुनै कारबाही गर्न नहुने धारणा राखेका थिए । उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितका केही नेताहरूले महरालाई निलम्बन गरेर तत्कालका लागि पार्टीको सबै जिम्मेवारीबाट हटाउन प्रस्ताव गरेका थिए ।
बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करीको प्रतिवेदनका विषयमा जानकारी गराएका थिए । प्रवक्ता सापकोटाका अनुसार सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन र त्यसको कार्यान्वयनका बारेमा प्रधानमन्त्री दाहालले जानकारी गराएका छन् ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया