बझाङ कांग्रेसद्वारा टिकटका लागि दश जनाको नाम सिफारिस

काठमाडौं । नेपाली कांग्रेस बझाङले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि टिकटमा १० जनाको नाम सिफारिस गरेको छ ।
सोमबार बसेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति बझाङको बैठकले निर्वाचनमा उम्मेदवारका लागि आकाङ्क्षी देखिएकाहरूको नाम सिफारिस गरेको हो ।
कांग्रेस केन्द्रीय समितिको परिपत्रअनुसार तीनजनाको नाम सिफारिस गर्न भने पनि आकाङ्क्षीबीच सहमति जुट्न नसकेपछि जिल्ला कार्य समितिले १० जना आकाङ्क्षीको नाम सिफारिस गरेको बझाङ कांग्रेसले जनाएको छ ।
सिफारिस हुनेमा जगतप्रसाद जोशी, सत्यराज भण्डारी, शान्ति बोहरा, अभिषेकबहादुर सिंह, नन्दकृष्ण जोशी, ध्रुवराज उपाध्याय, विष्णुकुमार सिंह, लोकेन्द्रबहादुर रोकाया, नारायण हमाल र अर्जुन स्याडा रहेका छन् ।
बझाङ २ बाट निर्वाचित सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको असार ५ गते दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको छ ।
बिचार/ब्लग

केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया