बबाईमा उकालाे चढ्न नसकेपछि जीप दुर्घटना, १ जनाको मृत्यु, ६ जना घाइते

तुलसीपुर । यात्रु बोकेको महिन्द्र जीप दाङ जिल्लामा दुर्घटना हुँदा एक जाको मृत्यु भएको छभने ६ जना घाइते भएका छन् ।
सोमबार बिहान १० बजे बबई गाउँपालिका वडा नं. १ भाँगोदुलास्थित गंगटेबाट तुलसीपुरतर्फ जाँदै गरेको लु १ ज १४२७ नम्बरको जीप उकालोमा चढ्न नसकी आफै ब्याक हुन गई सडकदेखि अन्दाजी ३०–३५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
इलाका प्रहरी कार्यालय हापुरेबाट खटिएको टोलीले दुर्घटनामा परेकाहरूको उद्धार गरेको छ ।
दुर्घटनाका घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उपचारका क्रममा बबई गाउँपालिका वडा नं. १ बस्ने वर्ष ४५ का जीतबहादुर बुढाको उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा जीपका चालक बबई गाउँपालिका वडा नं. १ बस्ने वर्ष ४७ को लोकबहादुर राना, सोही ठाउँका वर्ष ५० को जोकबहादुर बुढा, वर्ष १७ की तारा सारू, वर्ष ३२ की संगीता बुढा, वर्ष ४० की बन्दना बुढा र सल्यानको शारदा नगरपालिका वडा नं. ९ बस्ने बर्ष ५० की नन्दकली थापा रहेका छन् । घाइतेहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया