प्रधानमन्त्री प्रचण्डले अनुमति दिएपछि माओवादीका उपाध्यक्ष महरा पक्राउ

काठमाडौं । आफ्नै पार्टीका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बिहान कपिलवस्तुमा मरालाई पक्राउ गरेकाे नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता भीम ढकालले बताएका छन् ।

सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख महरालाई प्रहरीले पक्राउ गरेको छ । महरालाई भैरहवाबाट काठमाडौं ल्याउन लागिएको छ ।

महरा रोल्पातर्फ हिँडेका थिए । प्रहरीले महरालाई रोल्पा जान नदिएर पक्राउ गरेको छ ।

गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)का निर्देशक (एआईजी) श्यामलाल ज्ञवालीलाई पूर्वसभामुख समेत रहेका माओवादी उपाध्यक्ष महरालाई पक्राउ गर्न आदेश दिएका थिए ।

गृहमन्त्री लामिछानेले महरालाई पक्राउ गर्न प्रधानमन्त्री दाहालसँग अनुमति मागेका थिए । दाहालले अनुमति दिएपछि महरा पक्राउ परेका छन् ।

भेपमा लुकाएर ल्याइएको सुन प्रकरणमा महरा मुछिएका थिए । महराका छोरा राहुल महरा सुन तस्करी प्रकरणको मुद्दामा थुनामा छन् । भेप प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो संगठित अपराधमा मुद्दा चलाएको छ ।

Published : Monday, 2024 March 18, 11:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया