विनाेद चौधरीलाई बाेलाएर बयान लिन सिआइबीलाई निर्देशन, आइजीपी र एआइजीसँग परामर्श

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ताको दस राेपनी जग्गा फिर्ता लिने प्रक्रियाकाे लागि उद्योगपति विनोद चौधरीलाई सोधपुछका लागि बोलाउन निर्देशन दिएका छन् ।

लामिछानेले आइतबार बिहान प्रहरी महानीरिक्षक बसन्तबहादुर कुँवर र केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) प्रमुख श्यामलाल ज्ञवालीलाई चौधरीमाथि अनुसन्धान गर्न निर्देशन दिएसँगै सोधपुछका लागि बोलाउने भएको हो ।

सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजी स्वामित्वको च्याम्पियन फुटवेयर प्रालिलाई बिक्री गरिएको थियो ।

हाल च्याम्पियन फुटवेयर बन्द भइसकेको छ र त्यसको सम्पत्ति सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ । सोही प्रकरणमा विनोद चौधरीका भाई अरुण चौधरीलाई पक्राउ गरिएको थियो ।

३७ वर्षअघि सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको जग्गा जालसाजी गरेर हत्याएको आरोपमा चौधरी ग्रुपमाथि लागेको छ ।

देशकै ठूलो व्यावसायिक घराना सिजी ग्रुपमा व्यवसायी अरुण चौधरीलाई पक्राउ गरी अनुसन्धान गरे पनि अदालतले जमानीमा छाड्न आदेश दिएको थियाे ।

Published : Sunday, 2024 March 17, 1:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया