राष्ट्रिय सभामा कांग्रेस र एमालेबीच सहमति, मिलेर २ संसदीय समिति लिए, माओवादी हेरेको हेरै

काठमाडौं । राष्ट्रिय सभाको संसदीय समितिको सभापतिमा नेपाली कांग्रेसकी सभापति कमला पन्तको समर्थन नेकपा (एमाले)ले गरेको छ ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कांग्रेसकी कमला पन्तको उम्मेदवारी परेको छ । पन्तलाई कांग्रेसका सांसद नारायणदत्त भट्ट र एमालेकी शारदादेवी भट्टले समर्थन गरेका छन् ।
फागुन २१ गते कांग्रेससँगको सहकार्य तोडेर माओवादी केन्द्रले एमालेसहितको गठबन्धन बनाएपछि ध्रुवीकरण बढेका बेला एमालेले कांग्रेसलाई राष्ट्रिय सभामा सभापतिमा सहयोग गरेर सहकार्यको हात बढाएको छ ।
सहमतिलाई अगाडि बढाउँदै दलहरूले राष्ट्रिय सभामा रिक्त रहेका संसदीय समितिको सभापतिमा प्रतिस्पर्धा नहुने गरी भागवण्डा गरेर उम्मेदवारी दिएका छन् ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा एमालेका सोनाम गेल्जेन शेर्पाको उम्मेदवारी परेको छ । शेर्पालाई माओवादीका गोपीबहादुर सार्की आछामी, एमालेकी इन्दिरादेवी गौतम र कांग्रेसकी दुर्गाकुमारी गुरुङले समर्थन गरेका छन् ।
पन्तलाई कांग्रेसका नारायणदत्त भट्ट र एमालेकी शारदादेवी भट्टले समर्थन गरेका छन् । राष्ट्रिय सभामा एमाले दलका नेता देवेन्द्र दाहालले सभामा राष्ट्रिय सहमति कायम रहेको बताएका छन् ।
विकास तथा सुशासन समिति सभापति उम्मेदवार पन्तले पनि पहिलेको सहमतिलाई निरन्तरता दिएर अगाडि बढेको बताइन् ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया