नेविसंघको केन्द्रीय सदस्यमा ४१ जना मनोनयन

काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ)को केन्द्रीय तदर्थ कार्यसमितिमा थप सदस्य मनोनयन गरेको छ ।
सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा थप व्यक्तिहरूलाई शनिबार मनोनयन गरेका हुन् । सभापति देउवाले ४१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको विज्ञप्तिमा उल्लेख छ ।
मनोनयन भएका थप सदस्यहरूमा दीपकराज ओझा (कैलाली), अशोक सिंह विष्ट (कञ्चनपुर), विनोदकुमार शाही (दैलेख), किरण नेपाली (नुवाकोट), गणेशबहादुर शाही (अछाम), सोमराज मल्ल (डोल्पा), एरिका ढकाल (मोरङ), कविराज शाही (मुगु), बलराम खड्का (बारा), ई.सुदीप अधिकारी (लम्जुङ) रहेका छन् ।
भावना रिजाल (पाँचथर), अमृत उप्रेती (काभ्रे), प्रवीण कैनी (तनहुँ), आशिष वर्मा (बाँके), सिद्धराज जोशी (अछाम), प्रज्वल महत (जुम्ला), कविता वन (खोटाङ), रामजी बस्नेत (रामेछाप), देउमान लोङ्वा (ताप्लेजुङ), अमितकुमार साह (सिरहा) केन्द्रीय सदस्यमा मनोनयन भएका छन् ।
संस्कार कोइराला (कास्की), प्रदीप शर्मा (पर्वत), प्रवीनराज कँडेल (लम्जुङ), निश्चल घिमिरे (मोरङ), करुणासागर सिग्देल ( सिन्धुपाल्चोक), रवि योगी (सुर्खेत), डम्मर साउँद (बाजुरा), डण्डीराज जोशी (कैलाली), निराजन बटला (अछाम), असितमान श्रेष्ठ (काठमाडौं) सदस्यमा मनोनयन भएका छन् ।
खेम राउत (उदयपुर), अनिता सापकोटा (काभ्रे), झिमलाल चापागाई ‘सुयोग’ (स्याङ्जा), सि.ए. आशिषचन्द्र न्यौपाने ( भोजपुर), आकाश उप्रेती (चितवन), सुमित बोहरा, (कैलाली), दीप जैसी (अछाम), मंगल रावत (बाजुरा), दिलिप आचार्य (दाङ), रामचन्द्र महरा (बैतडी), लोकेन्द्र बडैला (कैलाली) रहेका छन् ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया