सहकारी काण्डमा मुछिएका विवादित गृहमन्त्रीलाई समय दिएपछि कांग्रेसद्वारा अबरोध, वेल घेराउ

काठमाडौं । सहकारीको रकम हिनामिना र दुरुपयोग गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्ने विधेयक पेस गर्न खोजेपछि नेपाली कांग्रेसले अबरोध गरेको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री लामिछानेले विधेयक पेस गर्न खोजेका थिए । सहकारी काण्डमा मुछिएका लामिछानेका बारेमा सदनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ माग गरेर कांग्रेसले वेल घेराउ गर्न बाध्य भएको छ । कांग्रेसले विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तलाई अबरोध नगर्ने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएका छन् ।
छानविन र अनुसन्धानको दायरामा परेका लामिछानेले आफूविरुद्ध परेको अनुसन्धानलाई प्रभावित पार्न सक्ने कांग्रेसको आशंका छ ।
लामिछानेबारे जवाफ माग गरे पनि प्रधानमन्त्री दाहालले बेवास्ता गर्दै आएका छन् । कांग्रेसले अबरोध गर्ने थाहा पाउँदा पाउँदै एमालेका सांसद समेत रहेका सभामुख देवराज घिमिरे गृहमन्त्री लामिछानेलाई विधेयक पेस गर्न समय दिएका थिए । कांग्रेसले बाध्य भएर ह्वेल घेराउ गर्न पुगेको छ । त्यस क्रममा कांग्रेसले सहकारीको रकम दुरुपयोग गर्ने गृहमन्त्री राजीनामा दे भनेर नारावाजी गरेका छन् ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया