सुन तस्करी र सहकारी ठगी काण्डमा परेकालाई प्रधानमन्त्रीले संरक्षण गर्नुभयो : कांग्रेस सांसद चौधरी

काठमाडौं । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी र सुन काण्डमा मुछिएकाहरूलाई मन्त्री बनाएको भनेर आक्रोश पोखेकी छिन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद चौधरीले प्रधानमन्त्री दाहालले चारैतिर विरोधको आवाज उठेका व्यक्तिहरूलाई मन्त्री बनाएर सुशासनको धज्जी उडाएको बताइन् । उनले चारैतिर आवाज उठेको र पत्रपत्रिकामा जबरजस्त आइरहेको विषयलाई बेवास्ता भएको बताइन् ।
सुन र सहकारी काण्डमा मुछिएकाहरूलाई संरक्षण गरेर प्रधानमन्त्री दाहालले मूल्य र मान्यता विपरितको काम गरेको सांसद चौधरीले बताएकी छिन् ।
गृहमन्त्री बनेका रवि लामिछाने सहकारीको रकम दुरुपयोग गरेर ठगी गरेको अभियोगमा परेका छन् । अर्थमन्त्री वर्षमान पुन सुन तस्करी काण्डमा मुछिएका छन् ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया