लामिछाने गृहमन्त्री बनेको तेस्रो दिन ठूलो संख्यामा माओवादीका कार्यकर्ता शहीद घोषणा
काठमाडौं । कम्युनिस्ट गठबन्धनको सरकारले २ हजार ६ सय ७४ जनालाई शहीदको दर्जा दिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो संख्यामा नयाँ शहीदहरूको सूची सार्वजनिक गरेका हुन् । माओवादीको सशस्त्र द्वन्द्वका क्रममा मारिएका र बेपत्ता भएकाहरूको नाम राखेर माओवादीले नयाँ शहीदको सूची बनाएको थियो ।
ठूलो संख्यामा शहीद घोषणा गर्ने प्रधानमन्त्री दाहालको योजनामा नेपाली कांग्रेसले तत्कालीन समयमा मानेको थिएन । धेरै शहीद घोषणा गरेर राज्यको ढुकुटीबाट रकम बाँड्ने माओवादीको प्रस्तावलाई तत्कालीन अर्थमन्त्री डा.प्रकाशशरण महतले मानेका थिएनन् ।
कम्युनिस्ट गठबन्धनको सरकार बन्नेवित्तिकै २ हजार ६ सय ७४ जनालाई शहीद घोषणा गरिएको छ । राजपत्रमा प्रकाशित सूचीमा अधिकांश नाम २०५८ साल यता मारिएकाहरूलाई राखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने गृहमन्त्री छन् । नेकपा (एमाले) सरकारमा सहभागी छ । रास्वपा र एमालेले ठूलो संख्यामा माओवादीका कार्यकर्ताहरूको नाम शहीदको सूचीमा राखिएकोमा केही बोलेका छैनन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया