बालकोटमा मन्त्रीका जोडीहरूलाई ओलीको सरप्राइज मिष्ठान्न भोज, ज्वालाकुमारी एक्लै परिन्

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले मन्त्रीहरूलाई बालकोटमा बोलाएर खुसियाली साटेका छन् ।

भक्तपुरको बालकोटस्थित निवासमा एमालेबाट मन्त्री बनेकाहरूलाई बिहीबार राति बोलाएर मिष्ठान्न भोजन गराएको एक मन्त्रीले बताएका छन् ।

ओलीको निम्तो मान्न मन्त्रीहरू पति र पत्नी दुबै जोडी बाँधेर गएका थिए । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साह मात्रै एक्लै ओलीको मिष्ठान्न भोजन खान बालकोट पुगेकी थिइन् ।

ओलीको मिष्ठान्न भोज खान उपप्रधानमन्त्री समेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी बालकोट पुगेका थिए ।

कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साह, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पनि बालकोट पुगेका थिए ।

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री भगवती चौधरी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई र रक्षामन्त्री हरिप्रसाद उप्रेती पनि जोडीसहित बालकोट पुगेका थिए ।

Published : Friday, 2024 March 8, 8:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया